पूर्वपश्चिम रेलमार्गको काम अर्को वर्ष शुरु हुने « Khabarhub

पूर्वपश्चिम रेलमार्गको काम अर्को वर्ष शुरु हुने


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सुशासन तथा दिगो विकासको लक्ष्यलाई प्राथमिकतामा राख्न र विकासको गतिलाई तीव्रता दिन भन्दै मन्त्रालयगत कार्यसम्पादन सम्झौता गरेको छ । दिगो विकासका लक्ष्य निर्धारित समयमा नै हासिल गरी सन् २०३० भित्र देशलाई मध्यम आय भएको मुलुकका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप कार्य गर्न भन्दै सम्झौता गरिएको हो ।

यहीक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच १९ बुँदे सम्झौता भएको छ । जसमा पूर्व–पश्चिम रेलमार्ग चालू वर्षभित्रै निर्माण सुरुवात गर्ने उल्लेख छ । यस्तै मदन भण्डारी राजमार्ग तोकिएको समयमा नै निर्माण सम्पन्न गर्ने उल्लेख छ । हुम्ला र डोल्पालाई चालू वर्षभित्रै राष्ट्रिय सडक सञ्जालमा जोड्ने पनि सम्झौतामा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा पानीजहाज सञ्चालनका लागि नीतिगत र कानुनी संरचना तयार पार्ने सम्झौतामा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ सम्म सबै स्थानीय तहलाई कालोपत्रे सञ्जालमा जोड्ने सम्झौतामा उल्लेख छ । यातायात प्राधिकरण गठनको कार्यलाई यसै वर्षभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । विधेयक संघीय संसद्मा विचाराधीन छ ।

निर्माणाधीन सडक आयोजना सम्पन्न, जीपीएस प्रविधिमा आधारित भई सवारी जाँच, सहरी क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि सब–वे, फ्लाइओभर निर्माण लगायतका विषयलाई सम्झौतामा उल्लेख गरिएको छ । चालू वर्षभित्रै सबै प्रदेशमा भेहिकल फिटनेस सेन्टर स्थापना पनि सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : १२ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा