आजको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने « Khabarhub

आजको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आईतबार) बस्दैछ । बिहान ११ बजेका लागि बोलाईएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकारको कामका बारेमा बोल्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले ठीक ११ बजे संसद बैठकको शुरु मै सम्बोधन गर्नेछन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले समसामयिक विषयवस्तु तथा सरकारको कामका बारेमा धारणा राख्ने कार्यतालिका छ ।

त्यस्तै प्रधानमन्त्रीले सम्बोधन गरेपछि सांसदले प्रश्न गर्न पाउने व्यवस्था भएकाले सोही अनुसार सांसद र प्रधानमन्त्रीबीच पश्नोत्तर पनि हुनसक्ने अधिकारीले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : २६ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा