सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै | Khabarhub Khabarhub

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आज (आइतबार) सिंह सक्रान्ति अर्थात् भदौ १ गते । सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’ मनाइँदै छ । आफ्ना छरछिमेक तथा इस्टमित्रहरुबीच ‘ओल्को’ (विशेष प्रकारको उपहार) साटासाट गरेर यो पर्व मनाइन्छ ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशमा पनि यो पर्व मनाइन्छ । ओल्के पर्वका दिन पिँडालुको गाभा (कलिलो पात), दूध, दहि तथा मिठा परिकारहरु उपहारका रुपमा बाँड्ने चलन छ ।

साथै, छोरी चेलीहरु ‘ओल्को’ लिएर माइत आउने र माइती पक्षले विशेष सत्कार गर्ने चलन पनि छ ।

ओल्के पर्वका दिन कृषिसँग सम्बन्धित औजारहरुलाई धोइपखाली गरेर भण्डारण चलन पनि छ । ओल्के पर्वको दिन धोइ पखाली गरेर राखिएका कृषि औजारहरु आश्विन (असोज) १ गते विश्वकर्माको पूजा गरेर बाहिर निकालिन्छ ।

ओल्केकै दिन बुढी हाल्ने चलन पनि सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा प्रचलित छ ।

जंगलबाट रुख काटेर ल्याएर जंगल नजिकैको खुला ठाउँमा गाडेर बुढी हाल्ने गरिन्छ । उक्त बुढी असोज १ गते साँझ जलाइन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : ४३ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।