सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै « Khabarhub

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आज (आइतबार) सिंह सक्रान्ति अर्थात् भदौ १ गते । सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’ मनाइँदै छ । आफ्ना छरछिमेक तथा इस्टमित्रहरुबीच ‘ओल्को’ (विशेष प्रकारको उपहार) साटासाट गरेर यो पर्व मनाइन्छ ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशमा पनि यो पर्व मनाइन्छ । ओल्के पर्वका दिन पिँडालुको गाभा (कलिलो पात), दूध, दहि तथा मिठा परिकारहरु उपहारका रुपमा बाँड्ने चलन छ ।

साथै, छोरी चेलीहरु ‘ओल्को’ लिएर माइत आउने र माइती पक्षले विशेष सत्कार गर्ने चलन पनि छ ।

ओल्के पर्वका दिन कृषिसँग सम्बन्धित औजारहरुलाई धोइपखाली गरेर भण्डारण चलन पनि छ । ओल्के पर्वको दिन धोइ पखाली गरेर राखिएका कृषि औजारहरु आश्विन (असोज) १ गते विश्वकर्माको पूजा गरेर बाहिर निकालिन्छ ।

ओल्केकै दिन बुढी हाल्ने चलन पनि सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा प्रचलित छ ।

जंगलबाट रुख काटेर ल्याएर जंगल नजिकैको खुला ठाउँमा गाडेर बुढी हाल्ने गरिन्छ । उक्त बुढी असोज १ गते साँझ जलाइन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : ४३ बजे

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष