सरकार सञ्चालनमा प्रधानमन्त्री ओली असफल : मिनेन्द्र रिजाल « Khabarhub

सरकार सञ्चालनमा प्रधानमन्त्री ओली असफल : मिनेन्द्र रिजाल


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार सञ्चालनको परीक्षामा प्रधानमन्त्री केपी ओली असफल भएको बताएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले संसदसँग गरेको कार्यसम्पादन करार पूरा गर्न नसकेको बताएका हुन् । बजेट कार्यान्वयन सरकारले संसदसँग गरेको कार्यसम्पादन भएको भन्दै उनले त्यो पूरा हुन नसकेकाले प्रधानमन्त्री शासन सञ्चालनको परीक्षामा असफल भएको तर्क गरे ।

‘प्रधानमन्त्री ज्यू, तपाईंले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औँला उठाउनुहोला, मन्त्री फेर्नुहोला । तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खै ? हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन प्रधानमन्त्री ज्यू ।’ उनले भने, ‘त्यतिमात्रै होइन संसदले गरेको थियो । कार्यसम्पादन करार अघिल्लो बर्ष । बजेट कार्य सम्पादन करार हो । संसद र सरकारको । पूरा गर्न सक्नुभएन प्रधानमन्त्रीज्यू । यो परीक्षामा असफल भईसक्नुभयो । आउने दिन सफलता प्राप्त होस शुभकामना व्यक्त गर्छु ।’

तिथि मिति तोकेर पानीजहाज र रेल चढ्न सत्तापक्षले निम्ता गरेको स्मरण गराउँदै उनले अहिले भने आधार बर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराए ।

लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाहरुले सरकार बनाएको दावी गर्दै उनले एक पल्टको लडाईले जीवनभरी जे पनि गर्न अनुमति नदिने बताए । सांसद रिजालले लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपना नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दै सांसद रिजालले अर्को चुनावपछि नेपाली कांग्रेसको सरकार बन्ने दावी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ भन्नु भो । ठिक हो प्रधानमन्त्रीज्यू । यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेस बाहेक अरु कसको सरकार बन्छ ? यसपल्ट त यही सरकार भन्दा तरंग सत्तामा गयो गएन मलाई थाहा छैन । शुभकामना छ सत्ता भित्रै कोही तरंगित नभएको होस् ।’
सांसद रिजालले नियमावलीअनुसार प्रश्नोत्तरको समय उपलब्ध नगराईएकोमा व्यंग्यात्मक शैलीमा सभामुखको पनि ध्यानाकर्षण गराए ।

सांसद रिजालले भने, ‘प्रधानमन्त्रीको सम्बोधनको क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त र स्वस्थ देखेर म यति खुसी भए कि प्रश्नोत्तरमा सोध्नै बिर्सेछु । अरु साथीहरुलाई पनि त्यही परेछ । सभामुखले नियमावली अनुसार प्रश्नोत्तरको समय त पक्कै दिनुभएको थियो । सभामुखले नियमावली मिच्नुहुन्न । मलाई विश्वास छ । म भिडियो रेकर्ड पनि चेक गर्दिन ।’

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : २० बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५

राप्ती तटीय क्षेत्रका स्थानीयबाट डुवान–कटान समस्या सुल्झाउन आग्रह

बाँके– बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र