महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति « Khabarhub

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल फिर्ता गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग्दै जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीमा निवेदन दर्ता गराएकी थिइन्।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार न्यायाधीश ध्रुव कार्कीको इजलासमा मिसिल पेश हुँदा पक्राउ अनुमति दिन नमिल्ने आदेश भएको हो।

अदालतले एक पटक तामेली गरिसकेको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने उल्लेख गर्दै मिसिल फिर्ता गरेको जनाएको छ। अदालतको आदेशअनुसार, सो मुद्दामा पीडितले पुनः पूरक जाहेरी दिएको र उक्त विषयमा उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भई हाल विचाराधीन अवस्थामा रहेको देखिएको छ।

एउटै विषय माथिल्लो अदालतमा विचाराधीन रहेको अवस्थामा जिल्ला अदालतबाट थप आदेश दिनु न्यायिक मान्यता र कानुनी व्यवस्था विपरीत हुने अदालतको ठहर छ।

अदालतले सक्कल मिसिल समेत उपलब्ध नभएको र मुद्दा उच्च अदालतमा विचाराधीन रहेकाले हाल निवेदन अनुसार पक्राउ अनुमति दिन नमिल्ने जनाएको छ। यससँगै महेश बस्नेतविरुद्ध पक्राउ अनुमति मागिएको प्रक्रिया तत्कालका लागि रोकिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : १४ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका