भारतमा वर्षा र बाढीको ताण्डव | Khabarhub Khabarhub

भारतमा वर्षा र बाढीको ताण्डव


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको अधिकांश स्थानमा शनिबारदेखिको भारी वर्षा आइतबार पनि जारी छ । भारी वर्षासँगैको बाढी र पहिरोका कारण भारतभर सयौंको ज्यान गइसकेको छ ।

भारतको मौसम पूर्वानुमान विभागले हिमाचल प्रदेश, चण्डिगढ, गुजरात, हरियाणा, उत्तरप्रदेश, राजधानी दिल्ली, पञ्जाब, उडिशा, झारखण्ड, बिहार, छत्तिसगढ, तामिलनाडू, पोण्डिचेरी, पश्चिम बंगाल, उत्तराखण्डलगायतका अधिकांश स्थानमा आइतबार पनि भारी वर्षा हुने जनाएको छ ।

शनिबारको भारी वर्षाका कारण भारतका नदिनालाहरुको तीब्रता बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमाचल प्रदेशको मंडी जिल्लामा बाढीले ४ महिनाअघि निर्माण सम्पन्न गरिएको पुल भत्काएको छ भने उत्तरी भारतका ठाउँठाउँमा पहिरो गएको छ ।

बाढी र पहिरोका कारण उत्तरी भारतका पहाडी राज्यहरुमा सडक सञ्चार तथा विद्युत सेवा अवरुद्ध भएको छ । शनिबार उत्तरी राज्य जम्मू कश्मीरमा सरदर ८ इन्च वर्षा भएको थियो ।

त्यस्तै, पश्चिमी भारतका नदीहरुले पनि खतराको सीमा पार गरेका छन् । पञ्जावको सत्लज नदिको जलस्तर पनि धेरै नै बढेको बताइएको छ । राजस्थान र गुजरातमा पनि भारी वर्षाका कारण डुबानमा परेका छन् ।

त्यस्तै, दक्षिण भारतमा पनि बाढीको स्तर उच्च छ । आन्ध्र प्रदेशका कृष्णा नदीको वहाव बढेका कारण त्यस क्षेत्रका धेरै गाउँहरु डुबानमा परेको र कैयौं गाउँहरु खाली गराइएको छ ।

यो वर्षको मनसुनमा भारतमा अहिलेसम्म २ सय ६९ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ३८ बजे

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार

वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति 

काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका

जेन–जी आन्दोलनले अस्वस्थ स्वास्थ्य मन्त्रालय तंग्रिने तर्खरमा

विश्वका ठूला ठूला द्वन्द्वग्रस्त देशहरूमा भएका विभिन्न आक्रमणहरूमा स्वास्थ्य क्षेत्रमा

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् : ट्रम्प

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि

म मात्रै होइन मेरो पार्टीका कोही भाग्दैनन्, सरकारमा बसेका पनि कोही भाग्दैनन् : दीपक खड्का

काठमाडौं– पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफू र