दिगो विकास लक्ष्य र प्राथमिकता बारेको बुझाई न्यून « Khabarhub

दिगो विकास लक्ष्य र प्राथमिकता बारेको बुझाई न्यून


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञहरुले दिगो विकासका लक्ष्य र प्राथमिकताका विषयमाथिको ज्ञान कमि भएकाले विस्तृत बुझाइको आवश्यकता औल्याएका छन् ।

राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा आयोजना गरेको दिगो विकास प्रबद्र्धनका लागि सांसदहरुको भुमिका सम्बन्धी कार्यक्रममा विज्ञहरुले संघीय संरचना अनुसार तीनवटै सरकार सक्रिय भई अघि बढीरहेका बेला दिगो विकासको बारेमा संघले मात्रै चर्चा गरेर लक्ष्य प्राप्त गर्न नसकिने धारणा राखेका हुन् ।

पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले तीनै तहका सरकारलाई राज्यसत्ताको प्रयोग गर्ने अधिकार भएकाले आपसमा समन्वयन गरि बुझाईलाई व्यापक पार्नुपर्ने आवश्यकता औल्याउनुभयो । उनले संघीय सरकारले २०३० मा दिगो विकासका लक्ष्य हासिल गर्दै मुलुकलाई सम्मृद्ध राष्ट्र सुखी नेपाली बनाउने घोषणा गरेपनि दिगो विकास लक्ष्य र यसका प्राथमिकताका विषय माथिको बुझाई न्यून रहेको बताए ।

पूर्व सचिव एवं पुर्व सांसद जनकराज जोशीले दिगो विकास लक्ष्य पुरा गर्नका लागि निर्धारण गरिएका विषयमाथिको बुझाई नै सही हुन नसकेको टिप्पणी गरे । गरिबीलाई चिन्दै नचिनीकन गरिबीको कार्यक्रम संञ्चालन गरिएकाले प्रभावकारी हुन नसकेको दाबी गरे ।

पूर्व मुख्य सचिव बिमल कोइरालाले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सरकार र शासन व्यवस्था संञ्चालनमा आमुल सुधार ल्याउनुपर्ने आवश्यकता औल्याए ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१६ देखि २०३० सम्म विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिवद्धताका साथ सन् २०१५ को सेप्टेम्बरमा दिगो विकासका लक्ष्यहरु घोषणा गरेको थियो ।

दिगो विकास लक्ष्यमा विश्वका सबै राष्ट्रमा सहभागितामूलक, अधिकारमुखी र समतामूलक विकास गरी गरिबीको र भोकमरीको अन्त्य गर्ने , सबैलाई स्वास्थ्य र शिक्षा पुर्याउने जस्ता विषय समेटिएका छन् । यसैगरी, लैंगिक समानता, सबैका लागि स्वच्छ पानी, सबैमा उर्जाको पहुँच, रोजगारीको प्रवद्र्धन, आर्थिक वृद्धि, उद्योग, पुर्वाधार विकास र दिगो शहरीकरण जस्ता विषयलाई समेटिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ५ : २१ बजे

अपराह्‍न ४ बजेसम्म देशभर ४५ प्रतिशत मतदान 

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् । 

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

एजेन्सी– पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मंगलबार