नेपाली धावक गुरुङले चीनमा जिते तेस्रो स्वर्ण « Khabarhub

नेपाली धावक गुरुङले चीनमा जिते तेस्रो स्वर्ण


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन् ।

सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए।

निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पार गर्दै स्वर्ण जिते। उनले चीन र भारतका खेलाडीलाई पछि पारेका थिए। दोस्रो भएका रेलवे पुलिस चीनका जेनुफेङ दाईले ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए।

भारतीय राष्ट्रिय पुलिसका गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेर कास्य पदक हात पारे। सिंगापुर पुलिस फोर्समा कार्यरत भए पनि निमेश नेपाली पासपोर्ट बोक्छन्। जसकारण पदक तालिकामा उनको परिचय नेपाली भनेर उल्लेख गरिएको छ।

उनले गत आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा पनि स्वर्ण जितेका थिए। सो प्रतिस्पर्धामा उनले भारत र चीनका खेलाडीलाई पछि पारेका थिए । त्यसअघि उनले हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए।

पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरुको प्रतिस्पर्धा हुने गरेको छ। सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको हो ।

एक दशकदेखि सिंगापुर पुलिस फोर्समा कार्यरत निमेशले सन् २०१७ मा अमेरिकाको लस एन्जलजसमा भएको अघिल्लो संस्करणमा पनि हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।

संखुवासभामा जन्मिएका निमेश सिंगापुरका नाम चलेका धावकमा पर्छन् । विना प्रशिक्षकका धावक निमेशले सन् २०१३ देखि दौडिन थालेका हुन्। उनले सन् २०१४ मा ५ हजार मिटर दौडमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए ।

सिंगापुर हुने स्थानिय प्रतियोगितमा हरेक साता जस्तो पदक जित्ने निमेशले २०१४ देखि हालसम्म झन्डै ६ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्। यस वर्ष उनले विभिन्न खेलका खेलाडीलाई पछि पार्दै सिंगापुर पुलिसको पिएसए उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ५ : ४३ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान