गोली हानेर लागुऔषध कारोबारी पक्राउ « Khabarhub

गोली हानेर लागुऔषध कारोबारी पक्राउ


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर पक्राउ गरेको छ । भारतमा बसी नेपालमा लागुऔषध हेरोइन ओसारपसार गर्ने गिरोहको खोजलताल गर्ने क्रममा प्रहरीले भारतको मधुवनीका ३५ वर्षीय अब्दुल कलामलाई गोली हानेर पक्राउ गरेको हो ।

निजलाई आज सिरहाको लागुऔषध नियन्त्रण ब्यूरो शाखा र स्थानीय प्रहरी टोलीको सहयोगमा सिरहाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । कमालले प्रहरीमाथि पेस्तोल तेर्साएपछि निजलाई नियन्त्रणमा लिन गोली हान्नु परेको उनले बताए ।

कमालले भारतको लालबनियाँ नाकाबाट नेपालको सिराहा, महोत्तरी हुँदै काठमाडौँ उपत्यकासम्म लागुऔषध हेरोइन ओसारपसार गर्ने गरेको अनुसन्धानका क्रममा खुल्न आएको उनले बताए । उनका अनुसार लागुऔषध ओसारपसार गर्ने गिरोहमा सहभागी अन्य तीन जना भने फरार भएका छन् ।

पक्राउ पर्न लागेको थाहा पाएपछि सुरुमा गिरोहले कटुवा पेस्तोलबाट प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेका थिए । त्यसपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड हवाई फायर गरी आत्मसमर्पण गर्न चेतवानी दिँदा अटेर गरी कटुवा पेस्तोल ताकिरहेकाले बायाँ खुट्टाको घुँडामुनी एक राउण्ड फायर गरी पक्राउ गरिएको ब्यूरोले सार्वजनिक गरेको घटना विवरणमा उल्लेख छ ।

निजको साथबाट लागुऔषध खैरो हेरोइन ११५ ग्राम २० मिलिग्राम तथा कटु्वापेस्तोल पनि बरामद भएको छ । साथै घाइतेको प्रदेशिक अस्पताल सिराहामा उपचार भइरहेको जनाउँदै प्रहरी उपरीक्षक रेग्मीले फरार रहेका तीन जनाको खोजतलास जारी रहेको बताए ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ८ : ५१ बजे

‘वैदेशिक रोजगारीका नाममा भएको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्छ’

काठमाडौं– राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई