विद्युत प्राधिकरणले कमायो ७ अर्ब २० करोड नाफा « Khabarhub

विद्युत प्राधिकरणले कमायो ७ अर्ब २० करोड नाफा


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ३४ औं वार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ ।

आइतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औं बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् ।

उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिइने बताए । निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि बृद्धि गरिएको उनले जानकारी दिए ।

त्यसैगरी महंगी भत्ता बापत सबै कर्मचारीले प्रति महिना थप २ हजार पाउने भएका छन् । यसअघि प्राधिकरणले कर्मचारीहरुको मंहगी भत्ता रोकेको थियो । मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो बर्ष गौरवको र उपलब्धिको बर्ष भएको भन्दै खुसी व्यक्त गरे ।

प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ । उर्जामा उल्लेख्य सफलता प्राप्त गरेको र गौरवको बर्ष भन्दै मन्त्रीले खुसी व्यक्त गरिरहदा उनले नै सम्बोधन गरेको समयमा विद्युत् आपुर्तिमा अवरोध भएको थियो ।

मन्त्रीको सम्बोधनको क्रममा दुई पटक सम्म ठुलो आवाज आउदै विद्युत अवरोध हुदै गरेको थियो । उर्जा मन्त्री नै बोल्ने क्रममा विद्युत् आपुर्तिमा अवरोध देखिएपछि दर्शक दीर्घामा बसेकाहरुले हुटिङ गरेका थिए ।

केही समय अघि प्रतिनिधिसभाको बैठकमा उर्जामन्त्री पुनले सम्बोधन गर्ने क्रममा पनि विद्युत् आपुर्तिमा अवरोध आएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ०९ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान