एजेन्सी– अहिले स्मार्टफोनको सुविधाका कारण मानव जीवनमा अपरिहार्य बनेको छ । दैनिक जीवनमा हामी स्मार्टफोनको प्रयोग अधिकतम गर्दै आएका छौं । तर के तपाईंलाई थाहा छ, स्मार्टफोनको प्रयोगले मानिसको मृत्युसमेत हुनसक्छ ।
एक अध्ययनअनुसार प्रतिदिन ६ घण्टाभन्दा बढी समय मोबाइलको प्रयोग गर्नु मोटापनाको कारण बन्ने बताइएको छ ।
कोलम्बियाको साइमन बालिवर यूनिभर्सिटिका प्रमुख अनुसन्धानकर्ता मिरारी मैन्टिला मैरोनका अनुसार स्मार्टफोनको बहुप्रयोग र अन्य सर्भिसेजलाई एक्सेस प्रयोग गर्दा मोटोपन बढ्ने छ ।
१९ देखि २० बर्षको औसत उमेरका १ हजार बढी विद्यार्थीमा गरिएको यो अनुसन्धानअनुसार ६ घण्टाभन्दा बढी समय स्मार्टफोनको प्रयोग गर्नेहरुको मोटापना बढ्ने खतरा ४३ प्रतिशत रहन्छ ।
यतिमात्र होइन, दिनभरमा स्मार्टफोनको प्रयोगकर्ताले सामान्य मानिसका तुलनामा दुईगुणा मात्रामा फास्टफुड, सुगर तथा स्न्याक्स सेवन गर्छन् । जसका कारण शारीरिक तन्दुरुस्तीमा गिरावट आउनुका साथै शारीरिक वजनमा वृद्धि हुनेछ ।
यसले कालान्तरमा स्मार्टफोनका प्रयोगकर्ताको मधुमेह, हृदयघात लगायतका गम्भीर रोगका कारण असामयीक मृत्यु हुन सक्छ ।
प्रतिक्रिया