अफगानिस्तानमा भएको आक्रमणमा ६३ जनाको मृत्यु, आईएसले लियो जिम्मा « Khabarhub

अफगानिस्तानमा भएको आक्रमणमा ६३ जनाको मृत्यु, आईएसले लियो जिम्मा


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा ६३ जनाको ज्यान जानेगरी विवाह समारोहमा गराइएको आत्मघाती बम आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।

इस्लामिक स्टेटले सामाजिक सञ्जाल टेलिग्राममार्फत विज्ञप्ति जारी गर्दै राजधानी काबुलमा विवाह समारोहमा गराइएको आक्रमणको जिम्मा लिएको हो ।

यसअघि अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताउँदै आक्रमणको निन्दा गरेको थियो ।

अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मय खालिदजाद तथा तालिबानको राजनीतिक प्रतिनिधिमण्डलबीच शान्ति वार्ता जारी रहेका बेला इस्लामिक स्टेटले काबुलमा आक्रमण गराएको हो । उक्त शान्ति वार्तामा इस्लामिक स्टेटलाई भने सहभागी गराइएको छैन ।

सन् २०१४ मा अफगानिस्तानमा इस्लामिक स्टेटले आफ्नो गतिविधि शुरु गरेको थियो । इस्लामिक स्टेटले हाल अफगानिस्तानमा अन्तर्राष्ट्रिय सुरक्षा फौज, अफगान सेना र तालिबानविरुद्ध युद्ध लडिरहेको छ ।

इस्लामिक स्टेटले केही वर्षयता सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी घातक आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ३४ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल