१६ लाख नगद लुट्न प्रपन्च रच्ने मनोजकुमार पक्राउ « Khabarhub

१६ लाख नगद लुट्न प्रपन्च रच्ने मनोजकुमार पक्राउ


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोयल कम्पनीको खातामा जम्मा गर्न लगिएको रकम लुटिएको नाटक गर्ने एक जना भारतीय नागरिकलाई १६ लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

गोयल कम्पनीमा काम गर्दै आएका भारत अत्तरिया ठाना घर भइ हाल काठमाडौंको डल्लुमा बसोबास गर्ने मनोजकुमार साहलाई प्रहरीले १६ लाख नगद सहित पक्राउ गरेको छ ।

उनले आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ न्यूरोडबाट १६ लाख लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए । उनले पाको न्युरोडमा माक्स लगाएका अज्ञात २ जना व्यक्तिले मोटरसाइकलामा आएर १६ लाख रुपैयाँ लुटेको प्रहरीमा खबर गरेका थिए ।

घटनास्थल आसपासका सीसीटिभी फुटेच अनुसन्धान गर्दा त्यस्तो कुनै घटना नदेखिएपछि शंका लागेर प्रहरीले सूचना दिने साहमाथि नै अनुसन्धान थालेको थियो ।  प्रहरी अनुसन्धानका क्रममा निजले नै सो रकम लुकाएको र कपोकल्पित घटना बनाएको खुलेको हो ।

साहले उक्त लुटिएको भनिएको रकम डल्लुस्थित कोठामा राखेर झुटा खबर प्रहरीमा दर्ता गराएको खुल्न आएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गोयल कम्पनीको खाताको रकम लुटिएको नाटक गरेर उनले आफ्नै कोठामा सो रकम लुकाएर राखेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।  विगत ३ महिनादेखि उनले गोयल कम्पनीको खातामा रकम जम्मा गर्ने काम गर्दै आइरहेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ५४ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान