पुडासैनी मृत्यु प्रकरणः अनुसन्धानका लागि सीआईबीको टोली पुग्यो चितवन « Khabarhub

पुडासैनी मृत्यु प्रकरणः अनुसन्धानका लागि सीआईबीको टोली पुग्यो चितवन


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणबारे अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि चितवन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेका बेला घटना संवेदनशील भएको भन्दै सीआईबीको टोलीलाई पनि चितवन पठाइएको व्यूरोले जनाएको छ । सीआईबीबाट प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मी नेतृत्वको टोली गएको छ ।

पुडासैनीले आत्यहत्या गर्नुपूर्व खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल तथा नर्स अस्मिता कार्कीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।

पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । घटनामा अनुसन्धानका लागि भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेपछि रवि लामिछाने समर्थकले चितवनमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : १७ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको