अर्डर दिएको स्याण्डविच ढिलो आएपछि वेटरको हत्या « Khabarhub

अर्डर दिएको स्याण्डविच ढिलो आएपछि वेटरको हत्या


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको राजधानी पेरिसमा रहेको एक रेष्टुरेन्टमा आफूले अर्डर गरेको खानेकुरा छिटो नआएपछि एक ग्राहकले वेटरलाई गोली हानी हत्या गरेका छन् । पेरिसको नोइजी ले ग्रान क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा ग्राहकले दिएको स्याण्डविचको अर्डर छिटो नआएपछि उनले वेटरलाई गोली हानेका थिए ।

काँधमा गोली लागेका २८ वर्षे वेटरको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । गोली हान्ने ग्राहक घटनास्थलबाट भागेको र उनको खोजीकार्य भइरहेको जनाइएको छ ।

सामान्यतः शान्त रहने त्यस क्षेत्रमा भएको घटनाबाट स्थानीयहरु भने आतंकित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त रेष्टुरेन्ट केही महिनाअघि मात्र सञ्चालनमा आएको बताइएकोछ ।

सामान्यतः शान्त रहेपनि पछिल्ला केही समययता त्यस क्षेत्रमा लागूऔषध प्रयोगकर्ता र अधिक मद्यपान गर्ने युवाहरुको सङ्ख्या बढ्दै गएकाले अपराधिक घटना पनि मौलाउँदै गएको बताइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : ४१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब