पेनाल्टीमा चुक्यो चेल्सी, भ्यालेन्सियासँग पराजित « Khabarhub

पेनाल्टीमा चुक्यो चेल्सी, भ्यालेन्सियासँग पराजित


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चेल्सी च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासँग १–० गोल अन्तरले पराजित भएको हो ।

भ्यालेन्सियालाई जिताउन रोड्रिगोले ७४ औ मिनेटमा गोल गरेका थिए ।
चेल्सीले फर्ममा रहेका खेलाडी मेसन माउन्टलाई चोटका कारण सुरुवातमै गुमाउन पुग्यो । खेल सकिन चार मिनेट अगाडी पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पाएको चेल्सी पेनाल्टीमा चुक्यो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्कली गोल गर्न असफल रहे । नियमित रुपमा पेनाल्टी प्रहार गर्ने जोर्गिन्हो र विलियनलाई सो अवसर दिइएको थिएन।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : ०४ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय