विप्लव समूहका झापा प्रमुख र सेक्रेटरीलाई ५ मुद्दा « Khabarhub

विप्लव समूहका झापा प्रमुख र सेक्रेटरीलाई ५ मुद्दा


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका पाँचै जनालाई राज्यविरुद्धको कसुर, हातहतियार खरखजाना, सङ्गठित अपराध, विस्फोटक पदार्थ र चन्दा आतङ्कको अभियोग लगाइएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामा सो समूहका जिल्ला इन्चार्ज इलाम माङसेबुङ–१ घर भएका ३४ वर्षीय प्रविण मिश्र, जिल्ला प्रमुख हल्दिबारी–५ का ४४ वर्षीय टीका पोखरेल, मकवानपुर भीमफेदी–२ का २६ वर्षीय अनुल सारुमगरलगायत छन् । सोमबार दिउँसो पाँचै जनालाई विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । अभियुक्तका साथबाट हतियार र प्रचार सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

मिश्र र पोखरेललाई प्रहरीले विर्तामोडको एक चिया पसलबाट पक्राउ गरेको थियो भने मगरलाई डेराबाट दुई थान कुटवा पेस्तोल, चार राउण्ड गोली, चन्दा सङ्कलन रसिदलगायतका कागजातसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।

उनका अनुसार प्रहरीले यसअघि नै पाँचथर जिल्लाका इन्चार्ज राजु दास, ताप्लेजुङ जिल्लाका इन्चार्ज सागर लिम्बू, मेची ब्यूरो समन्वय समितिको गणेश कार्की, ताप्लेजुङका सेक्रेटरी नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य यामबहादुर लिम्बूलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : १४ बजे

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन