‘अजब–गजब’ प्रेमका प्रकार- कुन प्रेममा कस्तो स्वभाव देखिन्छ ? | Khabarhub Khabarhub

‘अजब–गजब’ प्रेमका प्रकार- कुन प्रेममा कस्तो स्वभाव देखिन्छ ?


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक प्राणीमा प्रेम हुन्छ । प्रेम मष्तिकले होइन, मनले आफै गर्छ । मष्तिकले गरिने प्रेममा बनावटी र देखावटीपना हुन्छ ।

मनको प्रेम आफैमा स्वाधिन हुन्छ । जसमा प्राणीको भावना बढि महत्वपूर्ण हुन्छ । तर मानिसमा हुने प्रेममा आजभोलि महसुस भन्दा पनि स्वार्थ जोडिन थालेको छ । यहाँ केही प्रेमका प्रकारको बारेमा चर्चा गरिएको छ ।

आर्कषण प्रेम

आर्कषण प्रेम भनेको कोही मानिस देख्नासाथ मन पर्ने र उनीहरुसँग एकै भेट वा हेराइमा नै हुने प्रेम हो । यस्तो प्रकारको प्रेम किशोर अवस्थाबाट युवा अवस्थामा बढी हुन्छ । तर यो प्रेम धेरै लामो समय टिक्दैन ।

आत्मीय प्रेम

आत्मीय प्रेममा भावनाको मोल बढी हुन्छ । यो प्रेम आफन्त तथा साथीभाइसँग हुने गर्दछ । यो प्रेममा शारीरिक आकर्षणले कुनै फरक पार्दैन । कसैको काम वा भनाइ तथा व्यवहारले आर्कषित हुँदै गएपछि वा लामो समयसम्म संगत गरेपछि छुट्न नसक्ने गरी परेको प्रेम नै आत्मीय प्रेम हो ।

बन्धन प्रेम

प्रेममा पर्न हतार हुने तर एकअर्काबीच नजिकिएपछि पश्चाताप वा दुखी हुने प्रेम ‘बन्धन प्रेम’ हो ।

बाध्यताका कारणले नजिकिएका र नचाहँदा नचाहादै पनि प्रेममा परेकामा यो समस्या बढि मात्रामा देखिन्छ । कतिपय अवस्थामा मागी विवाह गर्नेहरुको हकमा आफ्नो श्रीमान् वा श्रीमतीसंग बिस्तारै वितृष्णा हुने प्रेम पनि यही वर्गमा पर्दछ ।

पागलपन प्रेम

पागलपन प्रेममा परेकाहरु आफ्नो जोडी बाहेक अरु कसैको मतलब गर्दैनन् । उनीहरु प्रेममा यदि डुबेका हुन्छन् कि जस्तो सुकै जोखिम उठाउनुलाई नै प्रेम भएको मान्दछन् ।

यस्तो प्रेममा पर्नेहरु जात, परम्परा तथा रीतिथितीलाई समेत मान्दैनन् । तर यस्तो प्रेममा परेकाहरु इष्र्यालु स्वभावका हुने गर्दछन् ।

एकतर्फी प्रेम

एकतर्फी प्रेम भनेको मनको कुरा मन पराइएको मानिसलाई भन्न नसक्ने अवस्थामा भएकालाई भनिन्छ ।

यस प्रकारको प्रेममा मात्र पीडा हुन्छ । मनको कुरा अभिव्यक्त गर्न नसक्नु यस प्रकारको प्रेमको सबैभन्दा ठुलो कमजोरी हो । एकतर्फी प्रेममा पर्नेहरु साहित्यको नजिक हुन्छन् । अधिकांश यस्तो प्रेम वियोगमा टुगिंने गर्दछ ।

मतलबी प्रेम

मतलबी प्रेम त्यस्तो प्रेम हो, जहाँ निकै खतरा हुन्छ । यस प्रकारको प्रेममा आफ्नो स्वार्थसंग मात्र मतलब राखिन्छ ।

उनीहरु मन पराएको भनिएको मानिसबाट आफ्नो चाहाना सिद्ध गर्न मात्र चाहानछन् । कतिपय अवस्थमा प्रेम स्वीकार नगरेकासँग बदला लिन गरिने प्रेम पनि यही प्रकारमा पर्दछ ।

यस प्रकारको प्रेम सबैभन्दा घृणित प्रेम हो । जहाँ अन्त्यमा धोका दिने गरिन्छ । यो प्रकारको प्रेम आजकाल अधिकाशं मानिसमा हुने गर्दछ ।

रोमाञ्चित प्रेम

रोमाञ्चित प्रेममा सबै प्रेमका प्रकार भन्दा खतरनाक मानिन्छ । खतरा यस मानेमा कि रोमाञ्चित प्रेममा डुब्नेहरु बाह्य प्रभावको ख्याल गर्दैनन् ।

यस प्रकारको प्रेम भावनाको कारणले भन्दा पनि शारीरीक आर्कषण र आवश्यकताका कारण हुने गर्दछ । विशेषत रोमाञ्चित प्रेम विवाहपछि हुने गर्दछ । यसले शारीरीक संबन्धको आवश्यकता हटाउने मात्र काम गर्छ ।

लामो प्रेम

प्रेममा परेको लामो समयसम्म पनि जे सुकै भएपनि प्रेम टिकाइ राख्नेको प्रेम नै लामो प्रेम हो । प्रेममा परेको समयमा आएका अनेकौं अप्ठेरा, दुःख, कष्ट तथा व्यवधान सहेर केही जोडी आफ्नो प्रेम सफल पार्न लागि पर्छन् ।

उनीहरुको प्रेम अन्ततः विवाहमा परिणत हुन्छ । यस्तो प्रेम निकै बुढेसकालसम्म पनि लाभदायी र एकअर्काप्रति समर्पित मानिन्छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : २९ बजे

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसले किन मानेन बालुवाटारको तीनबुँदे सम्झौता ?

काठमाडौं- प्रतिनिधिसभामा विहीबार सत्तापक्ष र प्रतिपक्षी दलका सांसदवीच हंगामा भयो

मुख्यमन्त्रीलाई मत दिएपछि नाउपमा अर्को विवाद, रेशमले दुई सांसदलाई कारवाही गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने दुई

कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ बरामद

 कञ्चनपुर– कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ