नेकपा प्रदेश दुईमा विवाद– प्रचण्ड विरुद्ध मातृकाको विद्रोह ? « Khabarhub

नेकपा प्रदेश दुईमा विवाद– प्रचण्ड विरुद्ध मातृकाको विद्रोह ?


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–पार्टी एकतापछि प्रदेश नम्बर दुईमा सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रदेश र जिल्ला कमिटीहरुको सपथमा देखिएको विवाद र झडपपछि एक पक्षले शीर्ष नेतृत्वमाथि नै कारवाहीको सिफारिस गरेको छ भने अर्को पक्षले पार्टीका प्रदेश प्रमुख लगायतलाई कारवाहीको सिफारिस नै गरेको छ ।

नेता माधव नेपाल र मातृका यादव समूह प्रदेश नम्बर दुईमा एक ठाउँमा देखिएका छन् । प्रचण्डका दुई विश्वासपात्र मातृका र प्रदेश दुईका नेकपाका अध्यक्ष समेत रहेका प्रभु साहबीच नै टकरावको अवस्था बनेपछि मधेसमा नेकपाभित्रको विवादले उग्र रुप लिएको छ ।

केन्द्रमा प्रचण्ड खेमामा रहेका मातृका दुई नम्बर प्रदेशको हकमा भने नेता नेपालसँग नजिकिएका छन् ।

पछिल्लो समय नेकपाको आन्तरिक राजनीतिमा ओली प्रचण्ड एकता र माधव नेपाल एक्लिएको समीकरण बनिरहेको देखिएको थियो । तर प्रदेश दुईमा भने प्रचण्डका एक विश्वासपात्र मातृकाले अघोषित रुपमा प्रचण्डसंग विद्रोह गरेका छन् ।

प्रचण्डसँग निकट रहेका मधेसका दुई नेता मातृका र प्रभुबीचको टकरावले मात्र प्रदेशमा विवाद उत्पन्न नभइ प्रचण्डसँगको असमझदारीमा मातृका नेता नेपाल पक्षमा लागेका छन् ।

पछिल्लो समय नेकपाको प्रदेश नम्बर २ केन्द्रीत राजनीतिमा उत्पन्न अन्तरविरोधका कारण केन्द्रीय समीकरण पनि प्रभावित बनेको छ।

प्रचण्ड हाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक छन् तर बर्दिबास घटनालाई प्रचण्डका विश्वासपात्र मातृका यादवले माधव नेपाललाई  साथ दिएपछि भने मातृका– प्रचण्डसँगको सम्बन्धमा दरार उत्पन्न भएको आकलन गरिएको ।

नेकपामा भइरहेको गतिविधिले माधव प्रचण्ड सम्बन्ध अझै कायम रहेको र अध्यक्ष ओलीविरुद्ध माधव नेपालको गतिविधिमा प्रचण्ड पनि सामेल रहेको देखिएको प्रदेश नम्बर दुईका नेकपाका एक नेताले बताए ।

बर्दिबास घटनालाई लिएर माधव नेपाल गुटले पार्टीमा बुझाएको ज्ञापनपत्रमा मातृका समूह (महेन्द्र पासवान को नेतृत्वमा) ले साथ दिनुले माधव-मातृका सम्बन्धको पुष्टि गर्ने उनको तर्क छ ।

साथै उक्त घटना माधव नेपाल र मातृका यादवको निर्देशनमा भएको भनी प्रदेश कार्यालयले निकालेको निष्कर्षको पुष्टि पनि दुई समुहबाट आएको ज्ञापनपत्रले गरेको छ ।

भदौ २४ गते बर्दिबासमा आयोजित जिल्ला कमिटीको सपथ ग्रहणमा नेपाल र यादव पक्षले तोडफोडसहित प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास गरिएको आरोप साह पक्षले लगाएको छ ।

उता नेपाल मातृका पक्षले भने साह पक्ष एकलौटी रुपमा अघि बढेको र अनुभवी र योग्य नेता कार्यकर्तालाई बाहिर राखेर आफू पक्षधर र पार्टीमा योगदान नभएका व्यक्तिलाई नेतृत्वमा ल्याउने काम गरेको भन्दै आरोप लगाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : २३ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर