मैदानमा खेलिरहेका खेलाडीमाथि चट्याङ परेपछि… « Khabarhub

मैदानमा खेलिरहेका खेलाडीमाथि चट्याङ परेपछि…


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खेल चलिरहेका बेला चट्याङ परेपछि जमैकाका दुई फुटबल खेलाडी घाइते भएका छन् । सोमबार जमैकाको विद्यालयस्तरको फुटबल प्रतियोगिता भइरहँदा चट्याङ परेपछि खेलाडी घाइते भएका हुन् ।

चट्याङ लागेर घाइते भएका खेलाडीहरुलाई तत्कालै स्थानीय विश्वविद्यालयको अस्पताल भर्ना गरिएको समाचारहरुमा उल्लेख गरिएको छ । स्थानीय वाल्मर स्कूल र जमैका कलेजबीचको खेलका क्रममा चट्याङ परेको हो ।

विपक्षी खेलाडीको बल रोक्न मैदानमा रहेका खेलाडीहरु चट्याङ लागेपछि एकाएक मैदानमा लडेका थिए । अफिसियलहरुले उनीहरुलाई स्टेचरमा हालेर बाहिर ल्याएका थिए ।

बेलायतपछि सबैभन्दा धेरै चट्याङ पर्ने देशमा जमैका पर्दछ । तथ्याङक अनुसार जमैकामा बार्षीक ७ लाखसम्म मानिसहरु चट्याङबाट पीडित हुने गरेका छन् । यस्तै, बेलायतमा वार्षिक १० लाख जनता चट्याङका प्रभावित भेटिने गरेको तथ्याङ्क छ ।


तस्वीरहरु– Givemesports

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  २ : १२ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित