इटालीमा तीब्र गतिको डुङ्गा दुर्घटना, ३ जनाको ज्यान गयो « Khabarhub

इटालीमा तीब्र गतिको डुङ्गा दुर्घटना, ३ जनाको ज्यान गयो


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनिस– इटालीको भेनिस शहरमा एक विद्युतीय डुङ्गा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । भेनिस शहरमा तीब्र गतिको डुङ्गा दुर्घटना भएको हो ।

तीब्र गतिमा कीर्तिमान राख्न भेनिस शहको जलक्षेत्रमा चलाइएको डुङ्गा कृत्रिम चट्टानमा ठोकिएर दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

मोनाकोबाट भेनिससम्म तीब्र गतिमा डुङ्गा चलाएर कीर्तिमान राख्ने क्रममा दुर्घटनामा परेको डुङ्गाको गति १ सय किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ । दुर्घटना हुने क्रममा डुङ्गा १८ घण्टा ३० मिनेटभन्दा लामोसमय चलाइएको थियो ।

मृत्यु हुनेमा दुई बेलायती नागरिक समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डुङ्गामा सवार अर्का व्यक्ति भने बाच्न सफल भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ३ : ४२ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी