भारतमा विद्युतीय चुरोट प्रतिबन्ध « Khabarhub

भारतमा विद्युतीय चुरोट प्रतिबन्ध


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– पछिल्लो समय विश्वका विभिन्न मुलुकमा विद्युतीय चुरोटका कारण स्वास्थ्यमा पर्ने असरबारे बहस भइरहेको छ ।

विद्युतीय चुरोटका कारण गत अगष्ट २३ मा विद्युतीय चुरोटका कारण एक जनाको ज्यान गएपछि अमेरिकामा विद्युतीय चुरोटमा प्रतिबन्ध लागिसकेको छ ।

हालै भारतले पनि यस्ता किसिमको विद्युतीय चुरोटमा प्रतिबन्ध लगाएको छ । भारतीय मन्त्रीपरिषद्को बुधबार बैठकले भारतभर विद्युतीय चुरोटको उत्पादन, आयात निर्यात, विज्ञापन, ओसारपसार, विक्री र प्रयोगमा प्रतिबन्ध लगाएको हो । पछिल्लो प्रतिबन्धमा विद्युतीय हुक्का समेत सामेल रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विद्युतीय चुरोटका कारण धूमपान सिक्दै गरेका युवाहरुको व्यवहारमा लगाम लाग्ने भारतीय अधिकारीको अपेक्षा छ । नयाँ नियम अनुसार भारतमा कसैले विद्युतीय चुरोटको विक्री, उत्पादन, आयात निर्यात, विज्ञापन र प्रयोग गरेको पाइएमा पहिलोपटक १ वर्ष जेल सजाय तथा १ लाख रुपैयाँ जरिवाना र पटक–पटक यस्तै गरेको पाइएमा ३ वर्षको जेल सजाय तथा ५ लाख रुपैयाँ जरिवाना सजाय हुनेछ ।

अनुमानअनुसार यस्ता विद्युतीय चुरोटका ४ सय भन्दा धेरै ब्राण्ड बजारमा उपलब्ध छन् । यद्यपि भारतमा भने यस्ता कुनै पनि किसिमका विद्युतीय चुरोटको उत्पादन हुँदैन । त्यस्तै भारतीय बजारमा १५० भन्दा धेरै स्वादका विद्युतीय चुरोट पाइन्छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ५७ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र