एआर चस्मा बनाउँदै फेसबुक, फोन कलदेखि लाइभ स्ट्रिमिङ्गको सुविधा | Khabarhub Khabarhub

एआर चस्मा बनाउँदै फेसबुक, फोन कलदेखि लाइभ स्ट्रिमिङ्गको सुविधा


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल फेसबुक र रेबनको माउ संस्था लुक्सोटिका मिलेर अग्मेन्टेड रियालिटी (एआर) प्रविधियुक्त चस्मा बनाउने भएका छन् ।

समाचारअनुसार यी दुई कम्पनीले युएस प्याटेन्ट एण्ड ट्रेडमार्क कार्यालयमा यसको प्याटेन्ट पनि दर्ता गरिसकेका छन् । फेसबुकको यो एआर चस्माको मद्दतले प्रयोगकर्ताले फोन कलका साथै लाइभ स्ट्रिमिङ्ग पनि गर्न सक्नेछन् ।

यसलाई स्मार्टफोनको प्रतिस्थापनका रुपमा पनि लिइएको छ । सन् २०२५ सम्ममा यो चस्मा बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यसका साथै फेसबुकको यो एआर चस्माले गुगल चस्मालाई चुनौति दिने छ ।

यो प्रोजेक्टलाई पूरा गर्न फेसबुकले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको अवस्थामा विश्वव्यापी रुपमा चर्चित चस्मा निर्माता कम्पनी लुक्सोटिका जोडिएसँगै फेसबुकलाई सहजता मिलेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : ३६ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष