महिला क्रिकेटः लगातार दोस्रो जितको खोजीमा विराटनगर र चितवन « Khabarhub

महिला क्रिकेटः लगातार दोस्रो जितको खोजीमा विराटनगर र चितवन


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी वुमन च्याम्पियन्स लिग (डब्लुसिए) क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन तथा दोस्रो खेलमा चितवन राईनोज र ललितपुर फाल्कोनबीच खेल हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर र पोखराबीचको खेल बिहान साढे ९ बजेबाट हुनेछ । विराटनगर प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । बिहिबार भएको खेलमा विराटनगरले ललितपुरमाथि शानदार जित हासिल गरेको थियो ।

त्यस्तै पहिलो खेलमा काठमाडौंसंग हारेको पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

टीयू मैदानमै हुने चितवन र ललितपुरबीचको खेल दिउँसो साढे १ बजेबाट हुनेछ । उद्घाटन खेलमा बलियो टिम काठमाडौंलाई हराएको चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

पहिलो खेल विराटनगरलाई सुम्पिएको ललितपुर प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा रहनेछ । प्रतियोगितामा विराटनगर, चितवन र काठमाडौंले एक जित सहित २ अंक जोडेका छन् । ललितपुर र पोखरा अंक विहिन छन् ।

प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने छ । यस्तै ब्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले ५० हजार र एक थान टिभिएस स्कुटर पाउनेछन् । यस्तै बेष्ट बलर र बेष्ट ब्याटरले २५–२५ हजार रुपैयाँ तथा ओमन अफ दि म्याचले पाँच हजार रुपैयाँ हात पार्ने छन् ।

कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स सहभागी छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ६ : ३० बजे

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

इलाम – इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा

कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन