महिला क्रिकेटः लगातार दोस्रो जितको खोजीमा विराटनगर र चितवन « Khabarhub

महिला क्रिकेटः लगातार दोस्रो जितको खोजीमा विराटनगर र चितवन


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी वुमन च्याम्पियन्स लिग (डब्लुसिए) क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन तथा दोस्रो खेलमा चितवन राईनोज र ललितपुर फाल्कोनबीच खेल हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर र पोखराबीचको खेल बिहान साढे ९ बजेबाट हुनेछ । विराटनगर प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । बिहिबार भएको खेलमा विराटनगरले ललितपुरमाथि शानदार जित हासिल गरेको थियो ।

त्यस्तै पहिलो खेलमा काठमाडौंसंग हारेको पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

टीयू मैदानमै हुने चितवन र ललितपुरबीचको खेल दिउँसो साढे १ बजेबाट हुनेछ । उद्घाटन खेलमा बलियो टिम काठमाडौंलाई हराएको चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

पहिलो खेल विराटनगरलाई सुम्पिएको ललितपुर प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा रहनेछ । प्रतियोगितामा विराटनगर, चितवन र काठमाडौंले एक जित सहित २ अंक जोडेका छन् । ललितपुर र पोखरा अंक विहिन छन् ।

प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने छ । यस्तै ब्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले ५० हजार र एक थान टिभिएस स्कुटर पाउनेछन् । यस्तै बेष्ट बलर र बेष्ट ब्याटरले २५–२५ हजार रुपैयाँ तथा ओमन अफ दि म्याचले पाँच हजार रुपैयाँ हात पार्ने छन् ।

कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स सहभागी छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ६ : ३० बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको