१५ हजार युवालाई सीपमूलक तालिम दिने सरकारको तयारी « Khabarhub

१५ हजार युवालाई सीपमूलक तालिम दिने सरकारको तयारी


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जान चाहने युवालाई निःशुल्क सीपमू्लक तालिम प्रदान गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्षभित्र १५ हजार युवालाई सीपमूलक तालिम दिने तयारी गरिरहेको जानकारी दिएको छ ।

तालिम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत २५ करोड रुपैयाँ विनियोजन गरेको बोर्डले जानकारी दिएको छ । बोर्डले १९ वटा क्षेत्रमा निःशुल्क तालिम दिने भएको हो ।

गार्मेन्ट मेसिन अपरेटर, सुरक्षा गार्ड, इलेक्ट्रिसियन, कार्पेन्ट्री, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, हाउस किपिङ एटेन्डेन्ट, कुक, वेटर, स्टिलफिक्सर, प्लम्बर सहायक र बेन्डरलगायत क्षेत्रमा सीपमूलक तालिम सञ्चालन गरिने बोर्डको भनाइ छ ।

तालिम आगामी मंसिर महिनादेखि सञ्चालन गर्नका लागि छलफल र तयारी भइरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । बोर्डले चालु आर्थिक वर्षभित्र ३० हजार युवालाई सीपमूलक तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।

तालिम लिन इच्छुकले सहभागिता जनाउन सक्ने उनको भनाइ छ । वैदेशिक रोजगार विभागले सूचीकृत गरेका तालिम केन्द्रबाट सीप तालिम सञ्चालन गरिने बोर्डले जनाएको छ । तालिम काठमाडौंलगायत बुटवल, सुनसरी, झापा, पोखरा र जनकपुरमा समेत सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।

अर्को वर्षदेखि बजेट तथा तालिमका विषय पनि थप गर्दै लगिने बताए । उनका अनुसार तालिम आगामी मंसिरदेखि सुरु हुनेछ । बोर्डले युवालाई ३० दिने सीपमूलक तालिम प्रदान गर्नेछ । तालिममा इच्छुक जो कोही युवा सहभागी हुन सक्नेछन् । तर, प्राप्त आवेदनबाट बोर्डले योग्यता पूरा गरेकालाई मात्रै छनोट गर्नेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ३ : ३१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह