गूगलले ल्यायो पिक्सल फोर सिरिजका दुई नयाँ स्मार्टफोन, के छ विशेषता ? « Khabarhub

गूगलले ल्यायो पिक्सल फोर सिरिजका दुई नयाँ स्मार्टफोन, के छ विशेषता ?


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गूगलले आफ्नो ‘मेड बाय गूगल’ इभेन्टमा बहुप्रतिक्षित ‘गूगल पिक्सल फोर’ नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यसका साथै अन्य केही उत्पादनहरु पनि गूगलले अमेरिकाको न्यूयोर्कमा यही अक्टोबर १५ का दिन सार्वजनिक गरेको हो ।

पिक्सल फोरको सिरिजका लागि लामो समयदेखि विश्वभरका प्रयोगकर्ताहरुले प्रतिक्षा गरिरहेका थिए । यो स्मार्टफोनका विषयमा लगातार रुपमा विभिन्न जानकारीहरु लिक हुँदै आइरहेका थिए ।

गूगल पिक्सलका साथै कम्पनीले पिक्सल बड्स र नेस्ट डिभाइससहित अन्य केही डिभाइस पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोन तीन कलरमा उपलब्ध हुने भएको छ । जसमा सुन्तला रङ्गको फोन भने लिमिटेड एडिसनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

के छ विशेषता ?

संसारकै फास्ट फेस अनलक

गूगल पिक्सलको खास विशेषता भनेको संसारकै सबैभन्दा फास्ट फेस अनलकको फिचर हो । कम्पनीको दावी अनुसार यो फोन हातमा लिनु अगावै यसको फेस अनलक फिचर एक्टिभ हुनेछ ।

संसारकै रेडार सेन्सरवाला पहिलो फोन

यो फोन संसारकै पहिलो रेडार सेन्सर फिचर उपलब्ध भएको स्मार्टफोन बनेको छ । यसका लागि फोनमा सोली मोसन सेन्सिंग रेडार राखिएको छ । यसअघि कुनै पनि स्मार्टफोनमा यस किसिमको फिचर प्रयोग गरिएको थिएन ।

के हो सोली रेडार सेन्सर ?

गूगलले विगत लामो समयदेखि यस प्रविधिमाथि काम गर्दै आएको थियो । सोली एक मोसन सेन्सिंग रेडार हो । जसमा फोनको फोरहेड अर्थात माथिल्लो भागमा लगाइएको छ । यसको मुख्य काम फोनको आसपास मोसनको सेन्स अर्थात थाहा पाउनु हो । यो मोसन सेन्सिंग रेडारले हाम्रो हातको जेस्चरलाई आफ्नो रेडियो तरंगबाट समाप्त सक्दछ । जसबाट प्रयोगकर्ताले फोनलाई नछुईकन पनि प्रयोग गर्न सक्नेछन् ।

पिक्सल फोर सिरिजमा ९० हर्ज रिफ्रेस रेट स्क्रिन

पिक्सल फोर तथा पिक्सल फोर एक्सएल दुवै फोनमा ९० हर्ज रिफ्रेस रेटको स्क्रिन रहेको छ । पिक्सल फोरमा ५.७ इन्च ओएलइडी डिस्प्ले रहेको छ । यस्तै पिक्सल फोर एक्सएलमा ६.३ इन्चको डिस्प्ले रहेको छ ।

पिक्सल फोरको क्यामेरा

यो फोनमा नयाँ कम्प्युटेसन फोटोग्राफी फिचरका साथै लाइभ एचडीआर प्लस, ड्युल एक्सपोजर कन्ट्रोल, वाइट ब्यालेन्सिंग, अपग्रेडेड पोट्रेट मोड र बुके मोड फिचर उपलब्ध छ । पिक्सल फोरमा पहिलेभन्दा राम्रो नाइट साइट मोड दिइएको छ ।

पिक्सल फोर एक्सएलको क्यामेरा

यो फोनमा पिक्सल फोर क्यामेराको हार्डवेयर प्रयोग गरिएको छ । फोनमा १२ मेगापिक्सलको प्राइमरी सेन्सर ड्युल पिक्सल आटोफोकसको क्यामेरा रहेको छ । यसका साथै क्यामेरामा अप्टिकल तथा इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन फिचर दिइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ४ : २१ बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले