गूगलले ल्यायो पिक्सल फोर सिरिजका दुई नयाँ स्मार्टफोन, के छ विशेषता ? « Khabarhub

गूगलले ल्यायो पिक्सल फोर सिरिजका दुई नयाँ स्मार्टफोन, के छ विशेषता ?


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गूगलले आफ्नो ‘मेड बाय गूगल’ इभेन्टमा बहुप्रतिक्षित ‘गूगल पिक्सल फोर’ नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यसका साथै अन्य केही उत्पादनहरु पनि गूगलले अमेरिकाको न्यूयोर्कमा यही अक्टोबर १५ का दिन सार्वजनिक गरेको हो ।

पिक्सल फोरको सिरिजका लागि लामो समयदेखि विश्वभरका प्रयोगकर्ताहरुले प्रतिक्षा गरिरहेका थिए । यो स्मार्टफोनका विषयमा लगातार रुपमा विभिन्न जानकारीहरु लिक हुँदै आइरहेका थिए ।

गूगल पिक्सलका साथै कम्पनीले पिक्सल बड्स र नेस्ट डिभाइससहित अन्य केही डिभाइस पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोन तीन कलरमा उपलब्ध हुने भएको छ । जसमा सुन्तला रङ्गको फोन भने लिमिटेड एडिसनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

के छ विशेषता ?

संसारकै फास्ट फेस अनलक

गूगल पिक्सलको खास विशेषता भनेको संसारकै सबैभन्दा फास्ट फेस अनलकको फिचर हो । कम्पनीको दावी अनुसार यो फोन हातमा लिनु अगावै यसको फेस अनलक फिचर एक्टिभ हुनेछ ।

संसारकै रेडार सेन्सरवाला पहिलो फोन

यो फोन संसारकै पहिलो रेडार सेन्सर फिचर उपलब्ध भएको स्मार्टफोन बनेको छ । यसका लागि फोनमा सोली मोसन सेन्सिंग रेडार राखिएको छ । यसअघि कुनै पनि स्मार्टफोनमा यस किसिमको फिचर प्रयोग गरिएको थिएन ।

के हो सोली रेडार सेन्सर ?

गूगलले विगत लामो समयदेखि यस प्रविधिमाथि काम गर्दै आएको थियो । सोली एक मोसन सेन्सिंग रेडार हो । जसमा फोनको फोरहेड अर्थात माथिल्लो भागमा लगाइएको छ । यसको मुख्य काम फोनको आसपास मोसनको सेन्स अर्थात थाहा पाउनु हो । यो मोसन सेन्सिंग रेडारले हाम्रो हातको जेस्चरलाई आफ्नो रेडियो तरंगबाट समाप्त सक्दछ । जसबाट प्रयोगकर्ताले फोनलाई नछुईकन पनि प्रयोग गर्न सक्नेछन् ।

पिक्सल फोर सिरिजमा ९० हर्ज रिफ्रेस रेट स्क्रिन

पिक्सल फोर तथा पिक्सल फोर एक्सएल दुवै फोनमा ९० हर्ज रिफ्रेस रेटको स्क्रिन रहेको छ । पिक्सल फोरमा ५.७ इन्च ओएलइडी डिस्प्ले रहेको छ । यस्तै पिक्सल फोर एक्सएलमा ६.३ इन्चको डिस्प्ले रहेको छ ।

पिक्सल फोरको क्यामेरा

यो फोनमा नयाँ कम्प्युटेसन फोटोग्राफी फिचरका साथै लाइभ एचडीआर प्लस, ड्युल एक्सपोजर कन्ट्रोल, वाइट ब्यालेन्सिंग, अपग्रेडेड पोट्रेट मोड र बुके मोड फिचर उपलब्ध छ । पिक्सल फोरमा पहिलेभन्दा राम्रो नाइट साइट मोड दिइएको छ ।

पिक्सल फोर एक्सएलको क्यामेरा

यो फोनमा पिक्सल फोर क्यामेराको हार्डवेयर प्रयोग गरिएको छ । फोनमा १२ मेगापिक्सलको प्राइमरी सेन्सर ड्युल पिक्सल आटोफोकसको क्यामेरा रहेको छ । यसका साथै क्यामेरामा अप्टिकल तथा इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन फिचर दिइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ४ : २१ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च