निर्माण सामग्री ढुवानीका क्रममा ठगी गर्ने २३ डिपो सञ्चालक पक्राउ « Khabarhub

निर्माण सामग्री ढुवानीका क्रममा ठगी गर्ने २३ डिपो सञ्चालक पक्राउ


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा निर्माण सामग्री ढुवानी गर्ने २३ डिपोका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

डिपो सञ्चालकहरुले सर्वसाधारणहरुलाई निर्माण सामाग्री ईटा,गिट्टी,बालुवा,चिप्स,ढुंगा ढुवानी गर्ने क्रममा ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले सामग्रीहरु ढुवानी गर्ने क्रममा मिनि ट्रकहरुमा ५ ईन्च सम्मको फलाम र काठको बक्स बनाएर कम परिमाणमा सामग्री ढुवानी गर्दै आएका थिए ।

शुक्रबार बिहान लोड गरी ढुवानी गर्न तयारी अवस्थामा रहेका डिपो संचालक, सवारी चालक र सवारी साधन समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा ग्राहकहरुलाई १०० क्यूफिट प्रति ढुवानी (ट्रिप) भनी बिक्रि गर्दा जम्मा ८२.६३ क्यूफिट मात्र ढुवानी गरेको पाइएकोले प्रति ढुवानीमा रु १,६२० देखि २,२०० सम्म ग्राहकहरुलाई ठगी गरेको पाइएको छ ।

पक्राउ परेका डिपो संचालकहरु

१ जय महालक्ष्मी सप्लायर्स प्रकाश श्रेष्ठ
२ बज्र ईन्टर प्राईजेज सप्लायर्स विरेन्द्र कुईकेल
३ शिवशक्ति सप्लायर्स अर्जुन भुजेल
४ गरिमा सप्लायर्स दिपेन्द्र के.सी.
५ कामना ईन्टर प्राईजेज बद्री गिरी
६ JBS सप्लायर्स सुक बहादुर लामा (बाघे)
७ शुभकामना सप्लायर्स सुरेन्द्र के.सी.
८ खाँडादेवी निर्माण सप्लायर्स प्रकाश भण्डारी
९ सेतीदेवी सप्लायर्स राजु थापा
१० पञ्चेश्‍वर सप्लायर्स महेश्‍वर श्रेष्ठ
११ धनेश्‍वर सप्लायर्स सन्तोष कुँवर
१२ श्री भुमी सप्लायर्स श्याम बहादुर मगर
१३ No Name सप्लायर्स पुष्कर थापा
१४ श्री काली भैरव सप्लायर्स बुद्धीराज थापामगर
१५ कुण्डला सप्लायर्स मदन प्रधान
१६ कालिका सप्लायर्स तोप नारायण श्रेष्ठ
१७ आर्कष सप्लायर्स अर्जुन श्रेष्ठ
१८ स्वयम्भु सप्लायर्स कृष्णहरी नगरकोटी
१९ महालक्ष्मी सप्लायर्स मनोहर श्रेष्ठ
२० भ्याली क्वालिटी सप्लायर्स जोग बहादुर तामाङ (बिजय)
२१ गोरखाली सप्लायर्स गोपाल भण्डारी
२२ विज्ञान सप्लायर्स सिंह बहादुर तामाङ
२३ नव अरुण सप्लायर्स रामकृष्ण श्रेष्ठ
अनुसन्धानको क्रममा रहेका सवारी चालक:-३५ जना
अनुसन्धानको क्रममा रहेक सवारी साधन:-३५ ओटा
अनुसन्धानको क्रममा रहेका संचालकहरु:- २३ जना

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ५ : ०० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी