उच्च अदालत पोखराका न्यायाधीश शाही बर्खास्त « Khabarhub

उच्च अदालत पोखराका न्यायाधीश शाही बर्खास्त


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय परिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरेको छ ।

गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोप लागेका शाहीलाई न्याय परिषद्‌ले न्यायीक विचनलनमा परेको ठहर गर्दै सेवाबाट बर्खास्त गर्न सिफारिस गरेपछि उनी कारबाहीमा परेका हुन्।

बिहीबार बसेको बैठकले यस्तो सिफारिस गरेको परिषद्‌का एक सदस्यले बताए । परिषद्‌‌को सिफारिसपछि प्रधानन्यायाधीशले उनलाई शुक्रबार बर्खास्त गरेका हुन्।

पद अनुकूलको आचरण गरेको नदेखिएको भन्दै शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको हो । गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको भन्दै शाहीसहित अन्य २ न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।

क्षेत्राधिकार मिचेर आदेश दिएको भन्दै आन्तरिक राजस्व कार्यालय भरतपुरले सर्वोच्चमा रिट दायर गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकै इजलासले उनीहरूमाथि छानबिन गर्न आदेश दिएको थियो।

उक्त आदेशपछि सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको एक सदस्यीय छानबिन टोली गठन भएको थियो । छानबिन समिति गठन भएपछि न्यायाधीश रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजीनामा दिएका थिए । उनले छानबिन प्रतिवेदन दिएपछि न्यायाधीश शाहीलाई परिषद्‌ले बर्खास्त गर्ने निर्णय गरेको हो ।

गोर्खा ब्रुअरीकै मुद्दालाई लिएर उनीहरूविरूद्ध परिषद्‌मा अर्को एक उजुरी पनि परेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ५ : ३१ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३