‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’ « Khabarhub

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका छन् । 

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ स्थित मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सवलाई आज सम्बोधन गर्दै महामन्त्री पौडेलले पछिल्लो समय युवापुस्तामा पनि आध्यात्मिक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गरे । 

उनले आध्यात्मिक ज्ञान र संस्कारले व्यक्तिको चरित्र निर्माणसँगै समाजमा सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने धारणा राखे ।

मुक्तिनाथ च्यवनधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । 

च्यवनधामको विकाससँगै प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने भएकाले आवश्यक पूर्वाधार निर्माणमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक पर्ने उनको भनाइ छ ।

महामन्त्री पौडेलले भने, ‘आध्यात्मिक शिक्षा वृद्धवृद्धाका लागि मात्र हो जस्तो गरी बुझिएको छ, वास्तवमा यो शिक्षा जीवन पद्धतिसँग जोडिएको विषय हो । यसलाई कसरी व्यवहारमा उतार्ने, के गर्ने र के नगर्ने यसबाट सिक्न सकिन्छ ।’

मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सव भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । च्यवनधामका अध्यक्ष अर्जुन लम्सालका अनुसार च्यवनधामको पूर्वाधार विकासका लागि रकम सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा धार्मिक अनुष्ठान, पूजापाठ तथा विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् । रासस

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ४ : ३८ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र