कपाल झरेर हैरान हुनुहुन्छ ? बन्यो कपाल उमार्ने उपकरण | Khabarhub Khabarhub

कपाल झरेर हैरान हुनुहुन्छ ? बन्यो कपाल उमार्ने उपकरण


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकाल धेरै मानिसमा कपाल झर्ने तथा बिस्तारै तालुखुइले हुने समस्या दिनप्रति दिन बढ्दै गइरहेको छ । युवा उमेरमा नै कपाल झरेका कारण धेरैलाई यो समस्याले सताउने गरेको छ । तर कपाल झरेर हैरान हुने मानिसका लागि एउटा खुसीको खबर छ ।

केही शोधकर्ताहरुले कपाल उमार्ने नयाँ उपकरणको आविस्कार गरेका छन् । अमेरिकाको विस्कान्सिन मेडिसन यूनिर्भसिटीका प्रोफेसर जूडोङ्ग वाङ्गले यस कपाल उम्रने यन्त्रको विकास गरेका हुन् ।

कपाल झरेर हैरान भएका मानिसलाई लक्षित गर्दै वाङ्ग र उनका सहयोगी शोधकर्ताहरुले टोपीभित्र पहिरन मिल्ने एक उपकरणको आविस्कार गरेका छन् ।

जसले केही साताभित्रै कपाल झरेको भागमा पनि सहजै कपाल उमार्न सक्दछ । उक्त उपकरण पहिरिना साथ यसबाट एक किसिमको ऊर्जा उत्पादन हुने र त्यसले कपालको जरासम्म पुगी नउम्रिने कपाललाई समेत उम्रिन प्रेरित गर्दछ । कपाल झरेको भागमा समेत कपाल उमार्न उत्तेजित बनाउने उक्त उपकरणले एक प्रकारको इलेक्ट्रिक पल्सेज निकाली कपालको जरामा पठाउने गर्दछ ।

उक्त उपकरण चल्नका लागि कुनै ब्याट्री वा चार्जको आवश्यकता पर्दैन । यसले मानिसको गतिविधिबाट नै आफूलाई चार्ज गर्ने शोधकर्ताहरुको दावी छ ।

यो मेसिन साधारण टोपीको भित्री भागमा सहजै लगाउन सकिन्छ । उक्त उपकरणको निर्माणपछि रौं नभएका मुसामा परीक्षण गरिएको थियो । जसले केही सातामा नै मुसाको शरीरमा रौं उमार्न सफल भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ५ : ५६ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०