महिला क्रिकेटः चितवनको लगातार दोस्रो जित « Khabarhub

महिला क्रिकेटः चितवनको लगातार दोस्रो जित


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ।

चितवनले शुक्रबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। पहिलो खेलमा चितवनले भने काठमाडौं क्विन्स हराएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । चितवनका लागि ऋतु कनौजियाले नटआउट ५८ रन जोडिन्। उनले ५५ बलमा ८ चौका प्रहार गरेकी थिइन् । कप्तान इन्दु बर्माले १० रन र प्यारी चौधरीले नटआउट २२ रन बटुलिन्। उनले २३ बलमा १ चौका प्रहार गरेका थिए ।

बलिङमा ललितपुरकी नेरी थापाले २ विकेट लिइन्। १ सय ३६ रनको लक्ष्य पछ्याएको ललितपुर १७.१ ओभरमा ४६ रनमै समेटियो। ललितपुरका लागि कप्तान नेरी थापाले १७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

ललितपुरको इनिङ ध्वस्त पार्ने क्रममा चितवनकी कविता गौतमले ३ विकेट र ऋतुले २ विकेट हात पारे। जारी प्रतियोगितामा पाँचै वटै टिमले २–२ खेल खेल्दा चितवन र विराटनगरले दुवै खेल जितेका छन्।

काठमाडौं एक खेलमा विजयी हुँदा ललितपुर र पोखरा पल्टन दुवै खेलमा पराजित भएका छन्। यसैबीच शनिबार पनि दुई वटा खेल हुनेछन् । शनिबार हुने पहिलो खेलमा पोखरा पल्टनले र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा विराटनर टाइटन्स र काठमाडौं क्वीन्सबीच खेल हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ५ : ५५ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी