११ महिनादेखि वाग्मती सौन्दर्यीकरणको काम अलपत्र « Khabarhub

११ महिनादेखि वाग्मती सौन्दर्यीकरणको काम अलपत्र


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले ११ महिनादेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणका काम रोकिएको गुनासो गरेका छन् ।

विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका स्थित गोठाटार पुल आसपासका स्थानीयवासीको जग्गा २०५३ सालमा पानी शुद्ध बनाउने भन्दै वाग्मतीमा पारिएको थियो । हातमा लालपूर्जा भए पनि जग्गा नदीमा परेपछि २२ वर्षदेखि किसानले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् ।

त्यही जग्गामा किसानलाई मुआब्जा नदिई सौन्दर्यीकरणको काम शुरु भएकाले गत वर्ष मङ्सिर १ गतेदेखि काम रोकिएको वाग्मती पीडित सङ्घर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले जानकारी दिए । स्थानीयवासीले यसअघि २०५३, २०६६, २०६७, २०७४ साल र गत मङ्सिरमा किसानसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । दुवै नगरपालिकाका दाहाल, पुडासैनी, आचार्य, रिजाल, बराल, तामाङ र श्रेष्ठ बन्धु समाजका किसान वाग्मती पीडित बनेको उनले बताए ।

गत वर्ष मङ्सिर १० गते अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष र आयोजना प्रमुखले पीडित किसानलाई मुआब्जा दिएर मात्र सौन्दर्यीकरणको काम अघि बढाउने सम्झौता गरेका थिए । त्यसअनुसार मङ्सिर १२ गते २२ वर्षको बाली लिन आउनु भनी पीडितका नाममा गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरिएको थियो ।

यसलाई गत मङ्सिर १६ गतेको अधिकार सम्पन्न वाग्मती समितिको बोर्ड बैठकले अनुमोदन गरे पनि अहिलेसम्म बाली र मुआब्जा वितरणको प्रक्रिया शुरु हुन नसकेको पीडित किसानको गुनासो छ । समितिले भने सरोकार भएका निकायसँग छलफल शुरु भएको जनाएको छ । समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकाल छिटोभन्दा छिटो काम शुरु गर्ने गरी पहल भइरहेको बताए ।

शियाली विकास बैंकको ऋण सहयोगमा वाग्मती सौन्दर्यीकरणको काम भइरहेको हो । करीब नौ महीनादेखि काम गर्न नपाएपछि सहयोगबाट हात झिक्ने बैंकले सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : ३१ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल