‘हिजोआजका कुरा’ बन्ने, केकी, रीमा र ऋचाको इन्ट्री ! « Khabarhub

‘हिजोआजका कुरा’ बन्ने, केकी, रीमा र ऋचाको इन्ट्री !


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेढ दशकअघि नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हास्यटेलिचलचित्र ‘हिजोआजका कुरा’ ले सन्तोष पन्तलाई चर्चित बनायो । पछिल्लो समय सन्तोष पन्त खासै सक्रिय छैनन् । यतिबेला भने सोही नाममा चलचित्र निर्माण गर्ने घोषणा गरिएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हिजोआजका कुरा’ निर्माणको आधिकारिक घोषणा गरियो । यो चलचित्रलाई सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्ने भएका छन् ।

निर्माण टिमले दिएको जानकारी अनुसार यो चलचित्र तिहारपछि फ्लोरमा जानेछ । निर्देशक साकार पन्तका साकार पन्तका अनुसार चलचित्रले काठमाडौंका चार परिवारको कथा पेश गर्नेछ । विदेश जान खोज्ने चार परिवारको कथा उनिएको यो चलचित्रलाई सन्तोष पन्त र साकार पन्तले लेखेका हुन् । पटकथामा भने चलचित्रलाई सन्दीप किस्नाले तयार पारेका हुन् ।

चलचित्रमा सन्तोष पन्त र रमा थपलियाको शीर्ष भूमिका रहनेछ भने अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी लगायतका कलाकारले समेत अभिनय गर्नेछन् । यस्तै चलचित्रमा विनायक कुइँकेल र अनुष्का घिमिरेको डेब्यु रहनेछ भने रवि सायमीको छायांकन, हर्कुलस बस्नेतको संगीत रहनेछ ।

चलचित्रको नाम ‘हिजोआजका कुरा’ भए पनि यो पहिलेको श्रृङ्खलासँग सम्बन्धित नभएको निर्माण टिमले बतायो । यही नामले आफ्नो ब्राण्डलाई चिनाएकाले यो नाम लिइएको निर्देशकले बताए । निर्माण टिमको दाबीअनुसार यो शीर्षक चलचित्रको कथाअनुसार सुहाउँदो पनि छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : ०४ बजे

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको