मदिराले बिगार्छ युवा जीवनशैली « Khabarhub

मदिराले बिगार्छ युवा जीवनशैली


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसन, जीनवशैली र रमाइलोका लागि मदिरा प्रयोग गर्नु सामान्यजस्तो भइसकेको छ तर निश्चित उमेर नपुगी मदिरा सेवन गर्न हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

यो मान्यता त्यसै बनेको होइन । मदिराले युवाको जीवनशैली र सिर्जनामा पूरै प्रतिकूल असर पार्ने भएकाले पनि यस्तो मान्यता विकास भएको हो ।

नेपालमा १८ वर्ष नपुगेका कतिपय युवामा मदिरा सेवन सोख वा जीवनशैली बनेको छ । ‘प्लस टु’का विद्यार्थी तथा युवा पुस्तामा मदिरा सेवन एउटा फेसनका रूपमा बढ्दै छ । कलेजमा हुने बिदाइ पार्टी, साथीहरूसँगको ‘भेटघाट’, वनभोज, चाडपर्व र खुसियाली मनाउनेजस्ता कार्यमा मदिरा पिउनु फेसन नै बनेको छ ।

नेपालमा मदिराजन्य वस्तुको खुला बिक्री हुने गरेको र केही वर्षयता यसलाई नियन्त्रित गर्ने प्रयास गरिएको भए पनि सेवन गर्ने युवापुस्ता भने थपिँदै गएको जानकारहरू बताउँछन् ।

मदिरा उत्पादन कम्पनीहरूले पनि थरीथरीका मदिरा उत्पादन तथा विज्ञापन गर्ने परम्पराले प्रयोग गर्ने गरेकाले बजार विस्तारलाई स्पष्ट पार्छ । कतिपय मदिरा उत्पादन कम्पनीले युला र महिलालाई लक्ष्य गरेर अहिले नयाँनयाँ कक्टेल, ब्रान्डी जिन र रम, वाइनहरूको उत्पादन गरी बजारमा ल्याएका छन् ।

फिजिसियन डा. रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताए। उनले गुणस्तरीय र मात्रात्मक रूपमा मदिराको प्रयोग स्वास्थ्यका लागि लाभदायक भए पनि आफ्नो स्वास्थ्यलाई राम्रो राख्न सन्तुलित भोजन गर्नुपर्ने बताए ।

मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा बढेर हृदयाघात हुने बताउँदै डा.पाण्डेले आँखाको शक्ति पनि कमजोर हुने बताए।

मदिरा प्रयोग गरिरहेको मान्छेले झट्टै छोड्दा हात काम्ने, आँखाले नदेख्नेजस्ता समस्या आउने हुनाले यसलाई कम गर्दै थोरै मात्रामा सेवन गरी बिस्तारै छोड्नुपर्ने उनको सुझाव छ ।

मदिरा धेरै प्रयोगले धरै बेफाइदा भए पनि मात्रा मिलाएर प्रयोग गरेमा फाइदा पनि निकै छ । मुटुको रोग र आन्द्रामा हुने क्यान्सर भएका मानिसले बजारमा पाइने गुणस्तरीय ब्रान्डको रेड वाइन, ह्वाइट वाइन बिहान बेलुका एक गिलास प्रयोग गरेमा राम्रो हुने अनुसन्धानबाट पत्ता लागिसकेको पनि डा. पाण्डेले जानकारी दिए ।

उनले रक्सी प्रयोग गर्नुपरे पनि मासु, चिल्लो खानेकुरा वा पापडहरूसँग प्रयोग गर्न नहुने र फलफूल वा सलादसँग प्रयोग गर्नुपर्ने बताए । जर्मन अनुसन्धानकर्ताहरूले गरेका अध्ययनमा पुरुषसरह नै रक्सी प्रयोग गरेमा महिलाको दिमागमा गम्भीर क्षति पुग्ने पाइएको छ ।

वैज्ञानिकहरूले रक्सी पिउने १५० महिलाको मस्तिष्कको सिटिस्क्यान गर्दा स्मरण गर्न भूमिका खेल्ने मस्तिष्कका महत्त्वपूर्ण नसाहरूमा क्षति पुगेको प्रतिवेदन सार्वजनिक गरेका थिए । उक्त अनुसान्धान जर्मनीको हेडलवर्ग विश्वविद्यालयका प्राध्यापक कार्लमानको नेतृत्वमा रहेको विशेषज्ञहरूको एक समूहले गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ७ : ०५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी