सडक कालोपत्रे गर्न माग गर्दै दोलखामा बनाइयो मानव साङ्लो « Khabarhub

सडक कालोपत्रे गर्न माग गर्दै दोलखामा बनाइयो मानव साङ्लो


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा–पाँच वर्षदेखि सडक निर्माण सम्पन्न नगरेको भन्दै दोलखामा व्यवसायी र नागरिक समाजले विरोध गरेका छन् ।

गत शनिवार ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका प्रबन्ध निर्देशक दीपक सापकोटाको तस्वीर सवारीसाधन, बिजुलीका पोल र सार्वजनिक स्थानहरुमा टाँसेर दबाब दिएका थिए ।

त्यस्तै आज (मंगलबार) उनीहरुले दोलखाको सदरमुकाम चरिकोटस्थित मानवसाङ्लो बनाएर सडक तत्काल कालोपत्रे गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेका छन् ।

जनतालाई सास्ती दिने खाडीचौर-मुडे-चरिकोट सडक निर्माण ठेक्का लिई लथालिङ्ग पारेर शंकर माली निर्माण सेवाका ठेकेदार दीपक सापकोटा लगायतका व्यक्तित्वको बदमासीको विरुद्ध दबाबमूलक कार्यक्रम गरेको दोलखाबाट व्यवसायी भरत श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘लामोसाँघु जिरी सडकखण्ड समयमै निर्माण हुन नसक्दा यसको प्रत्यक्ष असर दोलखाका होटल व्यवसायीहरुले भोग्नु परेको छ’ श्रेष्ठले भने ‘आगामी जेठसम्म कालोपत्रे सम्पन्न गरिसक्नुपर्ने हाम्रो माग हो ।’

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ११ : ५२ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको