सडक कालोपत्रे गर्न माग गर्दै दोलखामा बनाइयो मानव साङ्लो « Khabarhub

सडक कालोपत्रे गर्न माग गर्दै दोलखामा बनाइयो मानव साङ्लो


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा–पाँच वर्षदेखि सडक निर्माण सम्पन्न नगरेको भन्दै दोलखामा व्यवसायी र नागरिक समाजले विरोध गरेका छन् ।

गत शनिवार ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका प्रबन्ध निर्देशक दीपक सापकोटाको तस्वीर सवारीसाधन, बिजुलीका पोल र सार्वजनिक स्थानहरुमा टाँसेर दबाब दिएका थिए ।

त्यस्तै आज (मंगलबार) उनीहरुले दोलखाको सदरमुकाम चरिकोटस्थित मानवसाङ्लो बनाएर सडक तत्काल कालोपत्रे गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेका छन् ।

जनतालाई सास्ती दिने खाडीचौर-मुडे-चरिकोट सडक निर्माण ठेक्का लिई लथालिङ्ग पारेर शंकर माली निर्माण सेवाका ठेकेदार दीपक सापकोटा लगायतका व्यक्तित्वको बदमासीको विरुद्ध दबाबमूलक कार्यक्रम गरेको दोलखाबाट व्यवसायी भरत श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘लामोसाँघु जिरी सडकखण्ड समयमै निर्माण हुन नसक्दा यसको प्रत्यक्ष असर दोलखाका होटल व्यवसायीहरुले भोग्नु परेको छ’ श्रेष्ठले भने ‘आगामी जेठसम्म कालोपत्रे सम्पन्न गरिसक्नुपर्ने हाम्रो माग हो ।’

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ११ : ५२ बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।