विश्वकप छनोट– कुवेतविरुद्धको पहिलो हाफमा नेपाल १ गोलले पछि « Khabarhub

विश्वकप छनोट– कुवेतविरुद्धको पहिलो हाफमा नेपाल १ गोलले पछि


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट अन्तर्गत खेलमा नेपाल कुवेतसँग पहिलो हाफमा पछि परेको छ ।

भुटानको थिम्पुमा भइरहेको खेलको पहिलो हाफमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पछि परेको हो । कुवेतका कप्तान बादेर अल अलमोतावाको गोलमा नेपाल आफ्नो होम गेममा पहिलो हाफमा पछि परेको हो ।

अलमोतावाले खेलको २८औं मिनेटमा गोल गरेका थिए । घरेलु दर्शकको माझ हुनु पर्ने खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानमा खेलाएको नेपाल यसअघिको भन्दा सुधारीएको प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ ।

यसअघि नेपाल अवे खेलमा ७–० गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ३ : ३८ बजे

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र