जनता आवास कार्यक्रमः झापामा ५५ घर निर्माण गरिने | Khabarhub Khabarhub

जनता आवास कार्यक्रमः झापामा ५५ घर निर्माण गरिने


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको क्षेत्र नं १ मा जनता आवास कार्यक्रम शुरु भएको छ । प्रदेश नं १ सरकारको जनता आवास कार्यक्रमअन्तर्गत कार्यक्रम शुरु भएको हो ।

झापा क्षेत्र नं १ का सांसद राम कार्कीका अनुसार रु एक करोड ८२ लाख ६० हजारको लागतमा ५५ घर निर्माण गरिनेछ ।

प्रतिघरको लागत रु तीन लाख रहेको छ । सरकारले सूचीकृत गरेका जातजाति दलित, अल्पसङ्ख्यक, लोपोन्मुखमध्ये बाट पनि अतिविपन्न परिवार छनोट गरी घर निर्माण गरिने प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

झापा क्षेत्र नंं १ अन्तर्गत बुद्धशान्ति गाउँपालिका–४, ६ र ७ मा १६ परिवार, मेचीनगर नगरपालिका–३, ७, ९, ११, १३ र १५ का ३३ परिवार तथा भद्रपुर नगरपालिका–९ र १० का ६ परिवारका लागि घर निर्माण गरी यसै आर्थिक वर्षभित्र हस्तान्तरण गरिने बताइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : ०० बजे

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै