सुदूरपश्चिममा सबैभन्दा बढी टाउको दुखाईका बिरामी, महिलामा दोब्बर समस्या « Khabarhub

सुदूरपश्चिममा सबैभन्दा बढी टाउको दुखाईका बिरामी, महिलामा दोब्बर समस्या


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै टाउको दुखाईका बिरामी भएको एक अध्ययनले देखाएको छ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षण (स्टेप्स सर्वे)ले सुदूरपश्चिमका २३.४ प्रतिशतमा दुखाईका बिरामी भएको तथ्य सावजानिक गरेको हो।

सर्वेमा कर्णालीका २२.७ प्रतिशतमा समस्या भेटिएको प्रतिवेदनमा उल्लेख छ । कर्णालीपछि क्रमश प्रदेश ५ मा १७.२, प्रदेश ३ मा १३. ८, गण्डकी प्रदेशमा १२.९, प्रदेश १ मा १२.२ टाउको दुखाईएका रोजी भेटिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।

सामान्यतया मानिसले आफ्नो जीवनकालमा धेरै पटक टाउको दुख्ने समस्या भोगिरहेको हुन्छ। विश्व स्वास्थ्य संगठनका विभिन्न प्रतिवेदन अनुसार पनि टाउको दुखाई मानिसले भोग्ने स्वास्थ्य समस्यामध्ये प्रमुख पाँच समस्याभित्र पर्दछ।

सर्वेक्षण प्रतिवेदन अनुसार टाउकाको गम्भिर दुखाईका कारण १५ दशमलव २ प्रतिशत नेपालीको काममा समस्या पर्ने गरेको छ ।

टाउकाको दुखाई पनि विभिन्न प्रकारका हुन्छन् । केही टाउको दुखाई समान्य हुन्छ भने केही गम्भिर हुन्छ। सामान्य टाउको दुखाई केही समयपछि निको हुन्छ भने गम्भिर दुखाईले थुप्रै समस्या निम्त्याउन सक्छ। टाउकाको सम्बन्ध शरीरका विभिन्न अंगसँग हुने भएकाले टाउको दुखाईमा शरीरका अन्य अंगको भुमिका पनि रहन्छ ।

महिलामा धेरै पीडित

सर्वेक्षण अनुसार गम्भिर खालको टाउको दुखाईको समस्या पुरुषको तुलनामा महिलामा झण्डै दोब्बर रहेको छ । सर्वेक्षण प्रतिवेदन अनुसार १० दशमलव ७ प्रतिशत पुरुषमा यस्तो समस्या हुँदा १९ दशमलव २ प्रतिशत महिलामा यस्तो समस्या हुने गरेको छ ।

सर्वेक्षण देशभरका १५ देखि ६९ वर्ष उमेरका ५ हजार ५ सय ९३ जनसंख्यामा गरिएको थियो । यस्तै, सर्वे हरेक ५ वर्षको अन्तरालमा गरिन्छ । सर्वेक्षण गत फेबुअरीदेखि मे सम्म गरिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : ४५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका