तराईमा हुस्सु कुहिरो र शितलहर, चिसो अझै बढ्ने « Khabarhub

तराईमा हुस्सु कुहिरो र शितलहर, चिसो अझै बढ्ने


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव जारी छ । जसका कारण चिसो बढ्दो क्रममा छ ।

आज तराईका अधिकांश भुभागमा देखिएको हुस्सु/कुहिरो साथै पश्चिमी तराईका एक-दुई स्थानहरूमा शितलहरको सम्भावना छ । केहि ठाउँमा शितलहरका चलेको छ । जसका कारण ती स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले चिसोबाट बच्ने उपाय अवलम्बन गर्न सबैमा अनुरोध पनि गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस ३ गते (बिहिबार)
दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही तराईका भु-भागमा हुस्सु/कुहिरो रहनेछ।

राति: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ।अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेनछ।

पुस ४ गते (शुक्रबार)
दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक बदलिक देखि सामान्य वदली रहने छ । पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पुस ४ गते (शुक्रबार)
दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ । र वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : १५ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन