अब यी मोबाइलमा व्हाट्सएप नचल्ने ! « Khabarhub

अब यी मोबाइलमा व्हाट्सएप नचल्ने !


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अबका केही महिनाभित्र व्हाट्सएपले लाखौं मोवाइल फोनमा काम गर्न छोड्ने छ।

व्हाट्सएपले पुराना फोनमा सपोर्ट नदिने निर्णले लाखौ प्रयोगकर्ता प्रभावित हुने भएका छन्। व्हाट्सएपको मालिक कम्पनी फेसवुकले भनेको छ, ‘एक फेब्रुअरीदेखि iOS 8 वा यसको पुरानो भर्सन भएका सबै आइफोन र 2.3.7 या त्यो भन्दा पुरानो भर्सन भएको एन्ड्रोइन डिभाइसमा व्हाट्सएप चल्ने छैन।’

विन्डोजमा चल्ने फोनमा ३१ डिसेम्बरबाट व्हाट्सएप बन्द हुने फेसवुकले जनाएको छ। माइक्रेसफ्टले पनि यो महिनादेखि विन्डोज १० भर्सनमा चल्ने मोवाइल फोनमा सपोर्ट बन्द गर्दैछ।

व्हाट्सएपले आफ्नो वेबसाइटको FAQ सेक्सनमा यस विषयमा जानकारी राखेको छ। ‘पुरानो भर्सनका आइफोन र एन्ड्रोइड फोनमा १ फेब्रुअरी २०२० देखि न नयाँ एकाउन्ट खोल्न सकिने छ, न आफ्नो एकाउन्टको रि- भेरिफाइड गर्न सकिने छ।’

फेसबुकले व्हाट्सएपको २०१४ मा १९ अर्ब डलरमा किनेको थियो। फेसबुकले व्हाट्सएपको म्यासेन्जर र इन्सटाग्रामको साथ इन्ट्रीग्रेट गर्न खोजेको छ।

व्हाट्सएपका अनुसार विश्वभरका १८० भन्दा धेरै देशका १ अर्ब भन्दा धेरै मानिसले यो एप प्रयोग गर्ने गर्छन्।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : ३७ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले