डिसेम्बर १७ अस्ट्रेलियाको इतिहासकै तातो दिन « Khabarhub

डिसेम्बर १७ अस्ट्रेलियाको इतिहासकै तातो दिन


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सिअस पुगेपछि मङ्गलवार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका छन्।

मौसम विभागले मङ्गलवारको तापक्रम यसअघि सन् २०१३ को ज्यानुअरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सिअसभन्दा बढी भएको बताएको छ।

देशभरको औसत उच्चतम तापक्रम नै उष्णलहर नाप्ने उपयुक्त माध्यम भएको विभागले जनाएको छ। यो तथ्याङ्क अस्ट्रेलियाको झाडीमा फैलिएको डढेलोका कारण व्याप्त जनआक्रोश बढिरहेको बेला आएको हो।

यो साता पूर्वतिर बहेको तातो हावाका कारण अस्ट्रेलिया तातेको हो। मौसम विभागले आउँदा दिनहरूमा उष्णलहर अझ खराव हुनसक्ने पूर्वानुमान गरेको छ।

थुप्रै शहरहरूमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। मङ्गलवार अस्ट्रेलियाका मध्यभागका केही क्षेत्रहरूमा ४५ डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन गरिएको थियो।

यो साताको सुरुमा वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिन ४० डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन भएको थियो जुन डिसेम्बर महिनाका लागि अभूतपूर्व थियो।

समुद्री सतहहरूमा चिसो र तातो तापक्रमबीचको फरक विगत छ दशककै उच्च भएकोले यस्तो भएको मानिएको छ।

तर अस्ट्रेलियामा लामो समयदेखि खडेरी चलिरहेको छ। कतिपय स्थानमा वर्षौँदेखिको खडेरीका कारण माटोबाट वाष्प वायुमण्डलमा जान नसकेकोको तापक्रम बढ्न सहयोग पुगेको बताइएको छ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ८ : १४ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने