ग्रह दोष निवारणका लागि मरिचको प्रयोग कसरी गर्ने ? (धार्मिक विधिसहित) « Khabarhub

ग्रह दोष निवारणका लागि मरिचको प्रयोग कसरी गर्ने ? (धार्मिक विधिसहित)


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लाखौं कोशिस पश्चात पनि कैयौं पटक कुनै काम पूरा गर्न सकिरहनु भएको छैन वा बन्न लागेको काम समेत अन्तिममा आएर बिग्रने गरेको छ ?

यदि तपाईको जीवनमा यस्ता समस्या बारम्बार देखा परीरहेको छ भने तपाईकै भान्सामा रहेको एक साधारण बस्तुले यस समस्याको समाधान गर्ने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

सायद तपाईलाई पत्याउन मुस्किल पर्छ होला । भान्सा भित्रै पाइने कुनै एक वस्तुले तपाईले चाहेर पनि बारम्बार गर्न नसकेको कामलाई फत्ते गर्न सहयोग गर्दछ भनेर । यसरी बिग्रेको काम वा लगातारको प्रयासबाट बन्न नसकेको काम पूरा गर्न मरिच लाभदायक मानिन्छ । मरिचको प्रयोग कहाँ र कसरी गरे काम बन्दछ ?

१. मुख्यद्वारमा राख्ने

यदि तपाईको पटक–पटक काम बिग्रने गरेको छ भने घरबाट बाहिर निस्कदा घरको मुख्य द्वारको दुबै तर्फ ३÷३ वटा मरिच राखि त्यसलाई पैतालाले किचेर बाहिर निस्कनु होस् । लगातार केही दिन यसो गर्नाले तपाईका बिग्रने काम एकाएक राम्रो भएर जानेछ । साथै सफलता मिल्नेछ ।

२. दियो बाल्ने

५ दाना मरिचलाई एक दियोमा राखेर घरको कुनै एक कुनामा बाल्नुहोस् । यसरी बाल्दा स्मरण रहोस्, त्यो कुना आउने–जाने मानिसको प्रत्यक्ष्ँ नजर पर्ने स्थान हुनुपर्छ । यसरी बालिएको मरिचको दानालाई ७ दिनपछि बाहिर लगेर फ्याक्नुहोस् । यसो गर्नाले घरमा पर्ने खराब नजर हटेर जानेछ ।

३. शनि दोष हटाउने

यदि तपाईमा शनि दोष वा अन्य कुनै ग्रहको दोष छ भने त्यसलाई समेत मरिचको प्रयोगले हटाउन सकिनेछ । एक थान कालो कपडामा केहि रकमका साथ ७ दाना मरिचलाई बाधेर दान दिँदा तपाईमा भएको दोष हटेर जानेछ । यदि दान दिन पाइएन भने खोलामा बगाउनु होला ।

४. धन प्राप्त गर्न

अप्रत्यासित वा गुप्त धन प्राप्त गर्न पनि मरिचको प्रयोग उपयोगी साबित हुन्छ । मरिचका ५ दानालाई आफ्नो शिर माथि ७ पटक घुमाएर राम्रो ओहोरदोहोर हुने सडकको चारै दिशामा फ्याक्नुहोस् । पाँचौ दानालाई आकाश तर्फ फ्याकेर पछाडि फर्केर नहेरी घर आउनुहोस् । यसले तपाईलाई कुनै अप्रत्याशित वा गुप्त धन प्राप्त गराउने छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ५ : १३ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा