नेकपाले राजपासँग सहमति गरेपछि बाबुरामको प्रतिक्रिया : नयाँ मालिकहरू झन धूर्त छन् ! « Khabarhub

नेकपाले राजपासँग सहमति गरेपछि बाबुरामको प्रतिक्रिया : नयाँ मालिकहरू झन धूर्त छन् !


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा र राजपाबीचको सहमति प्रति कडा टिप्पणी गरेका छन् । डा भट्टराईले फुटाउ र राज गरको नीतिमा मालिकहरु खप्पिस भएको टिप्पणी गरेका हुन् ।

एक ट्वीट गर्दै डा भट्टराईले कसैको नाम नलिइ नेकपालाई मालिक र राजपालाई दासको रुपमा उल्लेख गरेका छन् ।

ट्वीटमा उनले लेखेका छन्,‘ जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभरदृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न ! फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पीस छन् । अहिलेका नयाँ मालिकहरू झन धूर्त छन् ! खाचो छ नयाँ स्पार्टाकसको१सबैलाई चेतना भया !

राजपासँग पार्टी एकताको छलफलमा रहेको समयमा नेकपाले राजपासँग प्रदेश देश २ का चार सिटमा दुईरुदुई लिने गरी सहमति गरेपछि समाजवादी असन्तुष्ट बनेको छ । कतिपयले नेकपाले समाजवादीलाई सरकारबाट बाहिर पठाउनका लागि राजपासँग सहमित भएको रुपमा व्याख्या गरिरहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १ : २३ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ