सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन « Khabarhub

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन गरेको छ ।

पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिए ।

इनरुवाको पाँचवटा पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कमख्या, कोशी ग्यास भएको पसलमा अनुगमन गरेको उनले बताए ।

इनरुवामा आवश्यकता अनुसार ग्यास भएको, ग्यासमा कालोबजारी नभएको, उपभोक्ताले आवश्यकता भएका बेलामा व्यवस्था अनुसार पाइरहेको भेटिएको उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय उद्योग वाणिज्य सङ्घ, उपभोक्तासहितको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासको उत्पादक, वितरक र डिलरलाई ग्यासको अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न, बजार मूल्यभन्दा बढी नलिन र खरिदबिक्रीको विवरण व्यवस्थित राख्न निर्देशन दिएको छ ।

सुनसरी प्रशासनको निर्देशन उलङ्घन गरेको खण्डमा कानुन अनुसार कारबाही हुने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ९ : ४६ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस