सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’ « Khabarhub

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

'निर्णय कसको हो, गर्नेको कि गराइनेको ?'


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा देखिएको दोहोरो मापदण्डप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले सत्तापक्षले आफ्ना कमजोरी लुकाउन शब्दजालको सहारा लिएको आरोप लगाएकी हुन्।

नेत्री श्रेष्ठले अरूले गर्दा ‘नातावाद’, ‘कृपावाद’ र ‘नेपोबेबी’ देख्नेहरूले आफूले गर्दा त्यसैलाई ‘योगदानको कदर’ भन्ने गरेको भन्दै कटाक्ष गरेकी छन्। उनले सरकारका कामकारबाहीमा हुने भागबन्डालाई ‘जिम्मेवारी बाँडफाँड’ र सेटिङलाई ‘पारस्परिक सम्बन्ध’ को नाम दिएर भ्रम छरिएको टिप्पणी गरेकी छन्।

विपक्षीले प्रश्न उठाउँदा ‘जे कुरामा पनि विरोध’ देख्ने सत्तापक्षले आफ्ना गतिविधिलाई भने ‘मिहीन र रचनात्मक खबरदारी’ को संज्ञा दिने गरेको उनको भनाइ छ। श्रेष्ठले सरकारद्वारा गठित विभिन्न समिति र कार्यदलका प्रतिवेदनहरू अझै सार्वजनिक नगरिएकोमा प्रश्न उठाउँदै भनेकी छन्, “अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?”

पछिल्ला राजनीतिक नियुक्ति र निर्णयहरूतर्फ संकेत गर्दै उनले ती निर्णयहरू स्वतन्त्र रूपमा नभएको आशय व्यक्त गरेकी छन्। “यो निर्णय साँच्चै कसको हो- निर्णय गर्नेको कि गराइनेको?” भन्दै उनले सरकारमाथि दबाब रहेको सङ्केत गरेकी छन्।

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त भएको विषय विवादमा परेपछि श्रेष्ठले यस्तो बताएकी हुन् ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ९ : ३५ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।