केन्यामा बेचिएका नेपाली युवतीको हेरचाहमा केन्याली सरकार असफल भएको आरोप « Khabarhub

केन्यामा बेचिएका नेपाली युवतीको हेरचाहमा केन्याली सरकार असफल भएको आरोप


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्यामा मानव तस्करद्वारा बेचिएका नेपाली महिलाको उद्दारपछि हेरचाह गर्न केन्याली सरकार असफल भएको सामाजिक संस्था हार्टले आरोप लगाएको छ ।

हार्टका अनुसार अगस्ट महिनामा नोइरोबी बारबाट उद्दार गरिएका ३ नेपाली र २ जना भारतीयसँग बेचबिखन गिरोहको बारेमा सोधपुछको लागि थुनामा राखेपछि उनीहरुमा मानसिक समस्या देखिएको हार्टको एक रिपोर्टमा उल्लेख गरिएको छ । हार्ट मानव वेचविखन विरुद्ध केन्यामा काम गर्ने गैरसरकारी संस्था हो ।

उनीहरु ४ महिना पछि घर फर्कने बेलामा कतिपय बेहोश अवस्थामा रहेको, अस्पतालमा रहेर र कतिपय आत्महत्या गर्ने अवस्थामा पुगका हार्टले जनाएको छ ।

कतिपय केन्यालीले मसाज पार्लरलाई अघोषित रुपमा यौन अखडा बनेको उसले जनाएको छ ।

यसको साथै, स्थानीय मोम्मासामा बालबालिलाई जवरजस्ती अनैतिक कार्यमा संलग्न गराएकोले केन्याली सरकारलाई यस्ता गिरोह पक्राउ गर्न हार्टले आह्वान समेत गरेको छ ।

गत चैतमा केन्याको एक बारमा प्रहरीले छापा मारी १२ नेपाली युवतीलाई उद्दार गरेको थियो । केन्याको दोश्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मारी १२ नेपाली युवतीलाई उद्दार गरिएको थियो । उनीहरुलाई श्रावण महिनामा उद्दार गरी नेपाल ल्याइएको थियो ।

केन्याको प्रहरीले भने यौन धन्दा तथा मावन तस्कर गिरोहलाई लक्षित गरी आगामी दिनमा अझै प्रभावकारी कारवाही गरिने बताउँदै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  २ : ०५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ