जापानी खेलाडी ताकुमी लिभरपुलमा आवद्ध | Khabarhub Khabarhub

जापानी खेलाडी ताकुमी लिभरपुलमा आवद्ध


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –इंग्लिस फुटबल क्लब लिभरपुलले जापानी खेलाडी ताकुमी मिनामिनोलाई क्लबमा भित्र्याएको छ । बिहीबार मेडिकलमा पास भएपछि ताकुमीलाई लिभरपुलले क्लबमा भित्र्याएको हो ।

२४ बर्षीय जापानी राष्ट्रिय टोलीका खेलाडीलाई योर्गन क्लोपको क्लबले साढे ४ बर्षका लागि सम्झौता गरेको छ । उनी वेल्सको क्लव रेडबुल साल्जवर्गबाट लिभरपुल गएका हुन् ।

ताकुमीका लागि लिभरपुलले ७.२५ मिलियन युरो खर्च गरेको छ । ताकुमी अब जनवरी १ देखि औपभारीक रुपमा क्लबमा भित्रीनेछन् ।

क्लबसँग जोडिएसँगै उनी सोझौ क्लोपको टिममा सहभागी हुने र एफए कपको तेस्रो राउण्डको खेलमा एभरटोनविरुद्धको जनवरी ५ मा हुने खेलमा टिममा पर्ने दी गार्जिएनले लेखेको छ ।

‘लिभरपुलको खेलाडी बन्ने एक सपना थियो । मेरो सपना र यो क्षण आएको मा म एकदमै खुसी छु,’ ताकुमीले भने,‘प्रिमियर लिग खेल्ने लक्ष्य छ । मलाई लाग्छ यो विश्वको शीर्ष स्तरको लिग हो । म सोचिरहेको छु मेरो फुटबल करियरले तिव्र गति लिन सके म पनि प्रिमियर लिग खेल्नेछु ।’

ताकुमीले आफूले लिभरपुलबाट खेल्न पाउने बारे नसोचेको र म क्लबमा आवद्ध हुन पाउँदा एकदमै खुसी भएको बताए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  २ : ५० बजे

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन