मन्त्रिपरिषद् निर्णय: दुई सचिवको सरुवादेखि महासेनानीको राजनीमा स्वीकृतसम्म « Khabarhub

मन्त्रिपरिषद् निर्णय: दुई सचिवको सरुवादेखि महासेनानीको राजनीमा स्वीकृतसम्म


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले दुई सचिवको सरुवा गरेको छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अतिरिक्त समूहका सचिव बालकृष्ण घिमिरेको सरुवा गरेको हो । घिमिरे सुदूरपश्चिम र विडारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

विहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले सरकारले सरकारी,सार्वजनिक,गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गठन गरेको सीआईबीको छानबिन समितिको म्याद पुस २८ गतेसम्मका लागि थपे गर्ने निर्णय गरेको जानकारी दिए ।

यस्तै, सरकारले सेनाका सहायक रथी निर्मलकुमार थापालाई उपरथी,महासेनानी नारायण सिलवाललाई सहायक रथी र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा बढुवा गरेको छ । सरकारले सेनाका महासेनानी दिप सिं र प्राविधिक महासेनानी डा. अमित जोशीको राजीनामा पनि स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ५ : ५२ बजे

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल