राष्ट्र बैंकको समीक्षा रिपोर्टले देखायो बैंक ब्याजदर घट्दो « Khabarhub

राष्ट्र बैंकको समीक्षा रिपोर्टले देखायो बैंक ब्याजदर घट्दो


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो ।

अघिल्लो वर्षको कात्तिकमा भने बैंकहरुको आधार दर १०.२१ प्रतिशत थियो । यसरी हेर्दा कात्तिकमा असोजको तुलना र अघिल्लो वर्षको सोही अवधिको तुलनामा समेत बैंकको ब्याजदर घटेको देखिएको छ ।

राष्ट्र बैंकको समीक्षा अनुसार वाणिज्य बैंकहरुको आधार दर भदौमा ९.५३ प्रतिशत तथा साउनमा ९.४५ प्रतिशत थियो । यो कोणबाट हेर्दा बैंकहरुको आधार दर भदौ र असोजको तुलनामा कात्तिकमा घटेको छ भने साउनको तुलनामा भने सामान्य बढेको छ ।

२०७५ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.२० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा ३.८३ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरु बीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ को १.६८ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा २.५९ प्रतिशत कायम भएको छ ।

२०७६ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८१ प्रतिशत र कर्जाका भारित औसत ब्याजदर १२.०७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६१ प्रतिशत र १२.२६ प्रतिशत रहेका थिए ।

नेपाल राष्ट्र बैंक ले बुधबार सार्वजनिक गरेको मुलुकको वित्तीय अवस्थाको समीक्षा रिपोर्टमा यस्तो देखिएको हो ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ६ : २७ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष